आईतवार, फाल्गुन ११,२०८१ 05:17:17
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 05:17:17
IME remit
Global IME Bank Limited

जीवन बीमा कम्पनीको व्यवसायमा धक्का, एक महिनामै साढे १ अर्बको बीमा पोलिसी सरेण्डर

Hyundai Nepal
जीवन बीमा कम्पनीको व्यवसायमा धक्का, एक महिनामै साढे १ अर्बको बीमा पोलिसी सरेण्डर
Nabil Bank Limited

काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो महिनामै साढे एक अर्ब रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कअनुसार १४ जीवन बीमा कम्पनीबाट १ अर्ब ५४ करोड ११ लाख रुपैयाँ बराबरको बीमा पोलिसी समर्पण भएको हो ।  

साउन महिनामा १४ जीवन बीमा कम्पनीबाट कुल १० हजार २९२ वटा पोलिसी बन्द भएका छन् । एक महिनामै जीवन बीमा क्षेत्रबाट साढे १ अर्ब रुपैयाँ बाहिरिदा बीमा कम्पनीको व्यवसायमा नै धक्का पर्ने देखिएको छ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

चालु आवको सुरुवात्मै बीमा क्षेत्रमा १० हजार भन्दा बढी बीमितले पोलिसी सरेण्डर गर्दा आगामी दिनमा बीमा क्षेत्रबाट अर्बौ रकम बाहिरिन सक्ने संकेत देखिएको छ ।  

पछिल्लो समय जीवन बीमा कम्पनीहरुमा बीमा पोलिसी समर्पण गर्नेको संख्या बढ्दो छ । आर्थिक शिथिलताका कारण बीमितहरुमा पोलिसी त्याग गर्ने प्रवृत्ति बढ्दा बीमा क्षेत्रमा नै यसले नकारात्मक प्रभाव पार्ने देखिन्छ ।  

गत आर्थिक वर्षको अन्त्यसम्ममा पनि जीवन बीमा क्षेत्रबाट कुल १ लाख १३ हजार ९७६ जना बीमितबाट १४ अर्ब ५० करोड रुपैयाँ भन्दा बढीको बीमा पोलिसी सरेण्डर भएको थियो । अर्बौ रकम समर्पणमार्फत यसरी बाहिरिदा जीवन बीमा कम्पनीको व्यवसायमा नै धक्मा पर्ने देखिएको छ ।  

नेपाल बीमा प्राधिकरणले सरेण्डरदर कम गर्न विभिन्न नीतिगत कुराहरु ल्याएपनि यसको प्रभाव बीमा क्षेत्रमा पर्न सकेको छैन । एक महिनामै अर्बौ रकम सरेण्डर हुँदा बीमा क्षेत्रको व्यवसायमा प्रत्यक्ष असर पर्ने देखिन्छ ।

जीवन बीमा कम्पनीहरुले पनि पोलिसी सरेण्दर गर्नेको संख्या बढ्दै गएपनि व्यवसाय जोगाउन निष्क्रिय रहेका बीमा पोलिसी नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा छुट दिएर पुनर्जागरणको योजना समेत ल्याइरहेका छन् । तरपनि यस्ता योजना र छुट अफरले बीमा क्षेत्रको सरेण्डरमा प्रभाव पार्न सकेको छैन ।  

पछिल्लो समय आर्थिक शिथिलताका कारण बीमा क्षेत्रको पोलिसी सरेण्डदरको मात्रा बढ्दै गएको बीमा कम्पनीका अधिकारीहरु बताउँछन् । देशको अर्थतन्त्रमा सामान्य सुधार देखिएपनि कोरोना महमारीले बन्द भएका उद्योग वा कलकारखाना पुनः सञ्चालनमा नआउनु र रोजगारीको सिर्जना हुन नसक्दा बीमा क्षेत्रमा पोलिसी त्याग गर्नेको संख्या बढ्दै गएको एक कम्पनीका सीईओले बताए ।  

हाल बीमा गरेको तीन वर्षपछि मात्रै पोलिसी त्याग÷समर्पण गर्ने पाइने व्यवस्था छ । अझैपनि बीमा प्राधिकरणले सरेण्डरको मात्रा वा दर घटाउन अध्ययन गरिरहेको बताउँदै आइरहेको छ । तर बीमा कम्पनीहरुमा यस्तो दर मासिक रुपमै बृद्धि हुँदै गइरहेको तथ्याङ्कले देखाएको छ । गत आवको अन्त्यसम्म १४ अर्ब भन्दा बढी सरेण्डर हुँदा यसको प्रभाव चालु आवको पहिलो महिनामै देखिएको छ ।  

कुन कम्पनीबाट कति ?  

साउन महिनामा सर्वाधिक एलआइसी नेपालबाट बीमा पोलिसी सरेण्डर भएको छ । कम्पनीबाट कुल ५१ करोड ३४ लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्याग भएको छ । कम्पनीबाट साउनमा मात्रै २ हजार ७१५ वटा पोलिसी बन्द भएका छन् ।  

त्यस्तै, दोस्रोमा नेपाल लाइफबाट २ हजार ७३१ वटा पोलिसी अर्थात् ४८ करोड ४१ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ ।  

यसका साथै एशियन लाइफबाट ९८९ वटा पोलिसीको १३ करोड ५५ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीबाट ७६७ वटा पोलिसीको ७ करोड ८७ लाख रुपैयाँ, हिमालयन लाइफबाट ८४७ वटा पोलिसीको ७ करोड ७ लाख रुपैयाँ, नेशनल लाइफबाट ३५४ वटा पोलिसीको ६ करोड ३८ लाख रुपैयाँ, सुर्यज्योति लाइफबाट ५५२ वटा पोलिसीको ५ करोड ८५ लाख रुपैयाँ, मेट लाइफबाट ४१९ वटा पोलिसीको ४ करोड ४९ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफबाट १७८ वटा पोलिसीको २ करोड ६६ लाख रुपैयाँ, आइएमई लाइफबाट २०१ वटा पोलिसीको २ करोड रुपैयाँ, सिटिजन लाइफबाट १९० वटा पोलिसीको १ करोड ५९ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफबाट २०४ वटा पोलिसीको १ करोड २१ लाख, प्रभु महालक्ष्मी लाइफबाट ८६ वटा पोलिसीको १ करोड ५ लाख रुपैयाँ र सन नेपाल लाइफबाट ६९ वटा पोलिसीको ५७ लाख रुपैयाँ बराबरको बीमा पोलिसी समर्पण भएको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.