काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन १७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार भदौ २५ गतेसम्म बैंकिङ प्रणालीमा ६४ खर्ब ९६ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन भएको छ । भदौ २४ गतेसम्म भने बैंकिङ प्रणालीमा ६४ खर्ब ७९ अर्ब रुपैयाँबरारबको निक्षेप संकलन रहेको थियो ।
वाणिज्य बैंकहरुको निक्षेप पनि १८ अर्ब रुपैयाँले बढेको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५७ खर्ब ६९ अर्ब रुपैयाँ रहेको छ । भदौ २४ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५७ खर्ब ५१ अर्ब रहेको थियो ।
भदौ २५ गतेसम्म अन्य वित्तीय संस्थाको निक्षेप भने १ अर्बले घटेको छ । अन्य वित्तीय संस्थाको निक्षेप ७ खर्ब २७ अर्ब रुपैयाँ रहेको छ । निक्षेप संकलन बढेता पनि कर्जा प्रवाह भने घटेको छ । भदौ २५ गतेसम्म बैंकिङ प्रणालीबाट ५२ खर्ब ९ अर्बबराबरको कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । भदौ २४ गतेसम्म भने ५२ खर्ब १३ अर्ब रुपैयाँबराबरको कर्जा प्रवाह भएको थियो ।
सीडी रेसियो ७९.०२ प्रतिशतबाट घटेर ७८.८० प्रतिशत कायम भएको छ । अन्तरबैंक ब्याजदर भने ३ प्रतिशत कायम छ ।