सोमबार, श्रावण १८,२०८३ 11:55:55
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:55:55
Bizshala
Global IME Bank Limited

४२ जिल्लाका ६३ स्थानमा खुल्यो सहुलियत पसल, के–के मा पाइन्छ छुट ?

४२ जिल्लाका ६३ स्थानमा खुल्यो सहुलियत पसल, के–के मा पाइन्छ छुट ?
New Office

काठमाण्डौ । सरकारले दशैं लक्षित सहुलियत पसल सञ्चालन गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि देशका ४२ जिल्लाका ६३ स्थानमा सहुलियत पसल सञ्चालन गरेको हो ।  

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत २३ गते गरेको निर्णयबमोजिम सहुलियत पसल सञ्चालनमा ल्याएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हरेक वर्ष चाडपर्वलक्षित सहुलियत पसल सञ्चालन गर्दै आएको छ ।  

काठमाण्डौ उपत्यकाका ४ स्थान थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकमा सहुलियत पसल सञ्चालन गरिएको छ ।  

सरकारले चाडपर्वमा बढी प्रयोग हुने खाद्यान्न सामाग्रीहरु चामल, दाल, तेल, सिमी, गेडागुडी र घिउ र खसीबोका र च्याङ्ग्राहरु समेत बिक्री गर्दै आइरहेको छ ।  

कम्पनीका अनुसार यसवर्षको सहुलियत पसलमा खाद्यान्न परिकारमा प्रतिकेजी ७ रुपैयाँसम्म, खसीबोकामा प्रतिकेजी १० रुपैयाँसम्म र दुग्धजन्य पदार्थमा ७ रुपैयाँसम्म छुट दिइनेछ ।    

सहुलियत पसलमा ग्राहकहरुले सबै प्रकारका चामलमा प्रतिकेजी ५ रुपैयाँ र कर्णालीको रैथाने चामलमा भने ७ रुपैयाँ छुट पाउने कम्पनीले जनाएको छ । यसका साथै खाने तेलमा प्रतिलिटर ७ रुपैयाँ, दालमा प्रतिकिलो ५ रुपैयाँ, कर्णालीको दाल र सिमीमा प्रति केजी ७ रुपैयाँ, गेडागुडीमा प्रतिकेजी ७ रुपैयाँ, घिउमा प्रतिकेजी ७ रुपैयाँ र चिनीमा प्रतिकेजी ५ रुपैयाँ छुट दिने कम्पनीले जनाएको छ ।  

साथै यसपटकको दशैंमा कम्पनीले १५ सय खसीबोका, ३०० वटा च्याङ्ग्रा  र ५० क्विन्टल खाद्यान्न सामाग्री बिक्रीमा राख्ने जनाएको छ । कम्पनीका अनुसार सहुलियत पसल देशका विभिन्न ६१ वटा स्थानमा सञ्चालनमा आउनेछन् ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.