शनिबार, असार १४,२०८२ 11:49:34
  • शनिबार, असार १४,२०८२ 11:49:34
Global IME Bank Limited

विदेशमा रहेका युवालाई स्वदेश फर्केर रोजगार सिर्जना गर्न प्रधानमन्त्रीको आग्रह

Hyundai Nepal
विदेशमा रहेका युवालाई स्वदेश फर्केर रोजगार सिर्जना गर्न प्रधानमन्त्रीको आग्रह
Nabil Bank Limited

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई स्वदेश फर्कन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले सोमबार कोलम्बिया विश्वविद्यालयद्वारा आयोजित वल्ड लिडर्स फोरममामा बोल्दै्र रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सिर्जना गर्न युवाहरुलाई आग्रह गरेका हुन् ।  

‘नेपालको लोकतन्त्र र आर्थिक विकासको यात्रा’ विषयक संवादमा मुख्य वक्ताका रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालबाट विदेश गएका विद्यार्थी र युवाहरूको मात्रै सङ्ख्या बाहिर आउने तर विदेशबाट स्वदेश फर्किएकाहरूको हिसाब नभएको उल्लेख गर्दै फर्कनेहरूको क्रम पनि बढेको बताए ।  

CG Motors
Muktinath Bikas Bank Limited

प्रधानमन्त्री ओलीले रोजगारीका अवसरका लागि नेपाल सरकारले साना–साना उद्योग र ‘स्टार्टअप’जस्ता कार्यक्रम ल्याएको समेत बताए । उनले युवाहरूबिना मुलुकले रुपान्तरण गर्न सक्दैन भन्नेमा आफू स्पष्ट रहेकाले युवालाई राष्ट्र निर्माणमा एकजुट हुन आग्रह गरे ।  

प्रधानमन्त्री यतिबेला संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा छन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.