शनिबार, आश्विन ३,२०८३ 09:01:22
Bizshala
  • शनिबार, आश्विन ३,२०८३ 09:01:22
Bizshala
Global IME Bank Limited

लगानी विस्तारले रोजगारी वृद्धि र सुरक्षा प्रदान गर्छः ढकाल

लगानी विस्तारले रोजगारी वृद्धि र सुरक्षा प्रदान गर्छः ढकाल
New Office

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशी एवं विदेशी लगानी बढ्दै जाँदा रोजगारी बढ़ने र श्रमिक सुरक्षा पनि प्रत्याभूति हुने बताएका छन् ।  

मंगलबार थाइल्याण्डको बैंककमा आयाजित व्यवसाय र मानव अधिकार बिषयक छलफल कार्यक्रममा अध्यक्ष ढकालले सो कुरा बताएका हुन् । 

Shivam Cement
Bizshala
CG Motors

उत्पादन र उत्पादकत्वमा हुँदै जाने वृद्धिले लगानीकर्ता र श्रमिकको हक सुरक्षण गर्ने वातावरण निर्माण हुने बताए ।  

यसैगरी, साना तथा मझौला उद्यमीलाई फस्टाउने अवसर प्रदान नगरि सबै क्षेत्र अगाडि बढन नसक्ने पनि उनले बताए । साना उद्यमीको अधिकारको बिषयमा पनि सरकार र बिकास साझेदारले ध्यान दिनुपर्नेमा उनको जोड थियो ।  

यसैगरी, अनौपचारिक क्षेत्र र त्यहाँ कार्यरत श्रमिकको औपचारिकीकरणका लागि पनि सबै क्षेत्र मिलेर काम गर्नुपर्नेमा उनले बताए । अध्यक्ष ढकालले औपचारिकीकरणका लागि रणनीति बनिरहेको जानकारी गराउँदै दिगो आर्थिक बिकासका लागि सबैले पहल गर्नुपर्ने बताए । 

Muktinath Bikas Bank Limited

साथै अध्यक्ष ढकालले मानव अधिकारका विषयमा महासंघ संवेदनशील रहेको र जिम्मेवार व्यावसायिक अभ्यासलाई प्रोत्साहित गरेर लगानी आकर्षित गर्न इच्छुक रहेको पनि बताए ।

साथै, उनले नेपालले हालै लगानी सम्बन्धी आठ वटा कानुनहरू परिमार्जन भएको र लगानी वातावरण सुधार गर्न द्विपक्षीय लगानी सम्झौता ढाँचा अनुमोदन भएको समेत जानकारी दिदैं लगानीको वातावरण निरन्तर सुधार भइरहेको समेत बताए । उनले लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गरे ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.