शनिबार, फाल्गुन १०,२०८१ 09:48:57
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:48:57
IME remit
Global IME Bank Limited

धितोपत्र बोर्डको अध्यक्ष छनौटको पुरानै प्रक्रिया ब्यूँताइयो, अनुपस्थित ३ जनालाई प्रस्तुतीकरणमा बोलाइयो

कसले गर्दैछ ४० करोड बढी खर्च ? 'प्रचण्डलाई देखाइदिने' उम्मेद्वारको सम्भावना कति ?

Hyundai Nepal
धितोपत्र बोर्डको अध्यक्ष छनौटको पुरानै प्रक्रिया ब्यूँताइयो, अनुपस्थित ३ जनालाई प्रस्तुतीकरणमा बोलाइयो
Nabil Bank Limited

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदका लागि स्थगित पुरानो प्रक्रियालाई नै निरन्तरता दिइएको छ । सोही बमोजिम व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तरवार्तामा छुटेका तीनजना उम्मेद्वारहरुको नाममा पुनः सूचना प्रकाशित गरिएको छ ।  

अर्थमन्त्रालयले गठन गरेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रयोजनका लागि नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिले बिहीबार एक सूचना प्रकाशित गर्दै आवेदकमध्ये सर्टलिस्टमा परेका ५ जनामध्ये पनि प्रस्तुतीकरण र अन्तर्वार्ता बहिस्कार गरेका तीनजनालाई पुनः असोज १८ बोलाइएको हो । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

कृष्णबहादुर कार्की, डा. चिरञ्जिवी चापागाईं र डा. नवराज अधिकारीलाई प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि आगामी असोज १८ गते बिहान ८ बजे अर्थमन्त्रालयमा उपस्थित हुन सूचना जारी गरिएको छ । यी तीनैजना माओवादी निकटका हुन्।  

यसअघि माओवादी नेतृत्वको सरकारको पालामा नै धितोपत्र बोर्डको अध्यक्ष छनौटको प्रक्रिया सुरु भएको थियो । आवेदकमध्ये सर्टलिस्टमा सन्तोषनारायण श्रेष्ठ, मुक्ति श्रेष्ठ, डा. नवराज अधिकारी, कृष्णबहादुर कार्की र डा. चिरञ्जिवी चापागाईंको नाम परेको थियो । बोर्ड अध्यक्ष नियुक्तिको अन्तिम चरणमा तत्कालीन सत्ता साझेदार दल एमालेले बखेडा सिर्जना गरेको थियो । बोर्डको अध्यक्ष आफ्नो भागमा पर्नुपर्ने भन्दै एमाले अध्यक्ष केपी ओलीले प्रचण्डसम्मलाई मिलाएर तत्कालीन अर्थमन्त्री वर्षमान पुनमाथि दवाब सिर्जना गरेका थिए । ओली र प्रचण्डको मिलेमतोमा आएको दवाबलाई छल्न पुनले आफू निकटका अध्यक्षका तीन उम्मेद्वारलाई प्रस्तुतीकरण र अन्तर्वार्तामा उपस्थित नहुन उर्दी गरी भगाएका थिए । सोहीअनुसार मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ मात्र अन्तर्वार्तामा उपस्थित भएका थिए ।  

धितोपत्र बोर्डको नियुक्ति प्रक्रियाअनुसार सिफारिस समितिले उम्मेद्वारमध्ये ३ जनाको नाम सिफारिस गर्नैपर्ने बाध्यकारी व्यवस्था भएका कारण २ जनाको मात्र प्रस्तुतीकरण र अन्तर्वार्ताले सो प्रक्रिया स्थगित हुन पुगेको थियो ।  

माओवादी नेतृत्वको सरकार ढलेपछि र एमाले नेतृत्वको गठबन्धन सरकार गठन भएपछि अर्थमन्त्रालय एमालेले हाँकिरहेको छ । एमालेले आफू निकटका उम्मेद्वारहरुलाई नै अध्यक्ष बनाउने योजनाअनुसार धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको नयाँ प्रक्रिया सुरु गर्नतिर नलागी पुरानै प्रक्रियालाई अगाडि बढाउन खोजेको हो ।  

स्रोतका अनुसार एमालेले सन्तोषनारायण श्रेष्ठ र मुक्ति श्रेष्ठमध्ये एकजनालाई धितोपत्र बोर्डको अध्यक्ष बनाउने योजना बनाएको छ ।  

माओवादी नेतृत्वको सरकार भएकै बेला पनि एमाले अध्यक्ष ओली लगायतमाथि बोर्ड अध्यक्ष नियुक्तिमा आफ्ना मान्छे ल्याउने शर्तमा भट्ट समूहबाट ठूलो रकम नजराना बुझेको गम्भीर आरोप लागेको थियो । सो आरोपका विषयमा एमाले उच्च नेतृत्वबाट अझैसम्म पनि प्रष्टीकरण आएको छैन । 

पछिल्लो छनौट प्रक्रियामा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी स्वकीय सचिव तथा पुत्री गंगा दाहालले समेत निकै ठूलो नजराना बुझेको चर्चा चलेको थियो । धितोपत्र बोर्डको अध्यक्ष बन्नैका लागि ४० करोडमाथि बढी खर्च गर्न विभिन्न समय तयार भएका समाचारहरु पनि प्रकाशित भएका थिए । तर, यस्ता विषयमा कुनै पनि पक्षले प्रष्टीकरण नदिएको अवस्थामा तीव्र विवादमा परेको पुरानो प्रक्रियालाई नै ब्यूँताउने खेल हुनुलाई कतिपयले रहस्यमय र अर्थपूर्ण भनेका छन् ।  

माओवादी निकटका एक उम्मेद्वारका अनुसार यसअघि पनि तीनजनाले अन्तरवार्ता र प्रस्तुतीकरण बहिस्कार गर्नु पछाडिको कारण केपी ओली मात्र थिएनन् । 'वर्षमान पुनले गंगा दाहालले चलखेल गरेको सूइँको पाएपछि यो खेल खेलाएका थिए ।' एक उम्मेद्वारले भने-'उनकै डिजाइनमा तीन उम्मेद्वार एकाएक मोवाइल स्वीच अफ गरेर केही दिन बेपत्ता भएका थिए । पछि पटक पटक बोलाउँदा पनि गएनन् । यो सबै प्रचण्डलाई समेत देखाइदिने योजनाअनुसार खेल भएको थियो, जसमा पुन सफल भए ।'  

धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि लामो समयदेखि अध्यक्षविहीन अवस्थामा छ । अध्यक्ष नहुँदा आईपीओ, हकप्रद निश्कासन प्रक्रिया प्रभावित भएको छ । बोर्डको नियमनकारी क्षमता समेत इतिहासकै कमजोर अवस्थामा पुगेको छ । अध्यक्ष नभएको मौका छोपेर बोर्डका कतिपय उच्च अधिकारी विभिन्न कम्पनीसँग मिलेमतो गरी पैसा कमाउने ध्याउन्नमा लागेपछि बजारमा विकृतिहरु बढिरहेका छन् । दोश्रो बजारमै समेत खुलेआम खेलोफड्को भइरहँदा समेत बोर्डमा अध्यक्ष नभएको बाहाना देखाउँदै अन्य कर्मचारी पन्छिने गरेका छन् ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.