काठमाण्डौ । नेपालको अगे्रणी डिजिटल वालेट ‘खल्ती’ले सुश्री मिडियासँग सहकार्य गर्दै मह जोडीको प्रत्यक्ष प्रस्तुति रहने ‘मह जात्रा’ नामक प्रहसनको एक मात्र टिकटिङ पार्टनरको रूपमा सम्झौता गरेको छ ।
यस प्रहसनमा महका म (मदन कृष्ण श्रेष्ठ) र महका ह(हरि वंश आचार्य) का साथै विभिन्न राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ ।
‘मह जात्रा’ नेपाल प्रज्ञा प्रतिस्थान, कमलादीमा कात्तिक २९ देखि प्रदर्शन हुनेछ । खल्ती प्रयोगकर्ताहरूले यस हास्यव्यङग्य प्रहसनको टिकट खल्ती एप वा वेबसाइट मार्फत सजिलै खरिद गर्न सक्नेछन् ।
दश वर्ष लामो अन्तरालपछि फेरि एक साथ मञ्चमा आउन लागेका मह जोडीको यस प्रहसनमा किरण केसी , राजाराम पौडेल, शिवहरी पौडेल, नरेन्द्र कंसकार, शैलेन्द्र शिमखडा, यमन श्रेष्ठ, दिनेश काफ्ले, बिभुषा बस्नेत लगायत कलाकारहरू रहेका छन् ।