आईतवार, फाल्गुन ११,२०८१ 05:15:17
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 05:15:17
IME remit
Global IME Bank Limited

जीनव बीमा कम्पनीबाट दुई महिनामै पौने ३ अर्बको पोलिसी सरेण्डर, अध्यक्ष पौडेल भन्छन् ‘चेतनाको कमी’

Hyundai Nepal
जीनव बीमा कम्पनीबाट दुई महिनामै पौने ३ अर्बको पोलिसी सरेण्डर, अध्यक्ष पौडेल भन्छन् ‘चेतनाको कमी’
Nabil Bank Limited

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुबाट दुई महिनामै पौने ३ अर्ब रुपैयाँ बाहिरिएको छ । चालु आर्थिक वर्षको दुई महिनामै जीवन बीमा कम्पनीहरुमा २ अर्ब ७५ करोड ३२ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको हो ।  

बीमा पोलिसी समर्पणबाटै बीमा क्षेत्रबाट दुई महिनामै पौने ३ अर्ब रुपैयाँ बाहिरिनु बीमा क्षेत्रको लागि राम्रो पक्कै होइन । नेपाल बीमा प्राधिकरण र बीमा कम्पनीहरुले पोलिसी सरेण्डरदर घटाउन अनेकौं प्रयास गरेपनि महिनैपिच्छे बीमा क्षेत्रबाट १ अर्ब भन्दा बढी रकम बाहिरिएको छ ।  

पछिल्लो समय जीवन बीमा कम्पनीहरुमा बीमा पोलिसी समर्पण गर्नेको संख्या बढ्दो छ । आर्थिक शिथिलताका कारण बीमितहरुमा पनि पोलिसी त्याग गर्ने प्रवृत्ति बढ्दा जीवन बीमा क्षेत्रमा नै यसले नकारात्मक प्रभाव पार्ने देखिन्छ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

चालु आवको दुई महिनामै पौने ३ अर्ब रुपैयाँ बराबरको बीमालेख समर्पण हुँदा यस आवभित्र मात्रै १४–१५ अर्ब रुपैयाँ बाहिरिने देखिन्छ । गत आवको अन्त्यसम्म पनि जीवन बीमा कम्पनीहरुबाट कुल १ लाख १३ हजार ९७६ जना बीमितबाट १४ अबृ ५० करोड रुपैयाँ बराबरको पोलिसी त्याग भएको थियो ।  

बीमा प्राधिकरणले बीमालेख त्याग गर्नेको संख्या घटाउन विभिन्न नीतिगत कुराहरु ल्याएपनि त्यसको प्रभाव बीमा क्षेत्रमा पर्न सकेको छैन । बीमा क्षेत्रबाटै महिनापिच्छे अर्बौ रकम यसरी बाहिरिंदा बीमा कम्पनीहरुको व्यवसायमा नै धक्का पर्ने देखिन्छ ।  

जीवन बीमकहरुले पनि पोलिसी सरेण्डरदर कम गर्न विभिन्न उपाय अपनाएका छन् । कम्पनीहरुले व्यवसाय जोगाउन निष्क्रिय रहेका बीमा पोलिसी नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा छुट दिएर पुनर्जागरणको योजना पनि ल्याइरहेका छन् । तरपनि यस्ता योजना र छुट अफरले बीमा क्षेत्रको सरेण्डदरमा प्रभाव पार्न सकेको छैन ।  

पछिल्लो समय आर्थिक शिथिलताका कारण बीमा क्षेत्रको पोलिसी सरेण्डरको मात्रा बढ्दै गएको बीमा कम्पनीहरुको धारणा छ । नेपाल जीवन बीमक संघका अध्यक्ष पोषक राज पौडेलले पनि अर्थतन्त्रमा सुधार देखिदै गएपनि सर्वसाधारणहरुको जीवनस्तर सुधारिन नसक्दा बीमा पोलिसी सरेण्डरदर बढ्न थालेको बताउँछन् ।  

‘अर्थतन्त्रमा सामान्य सुधार देखिन थालेको छ, तरपनि नेपालमा रोजगारको सिर्जना हुन नसक्नु, व्यापार व्यवसाय फस्टाउन नसक्नु यसको मुख्य कारण हुन सक्छ’ उनले भने, ‘बीमा पोलिसी त्याग हुनुमा जनचेतनाको समेत कमी छ । बीमितहरुले पनि पोलिसी त्याग गर्दा आफैंलाई बेफाइदा हुन सक्ने भन्ने कुराको जानकारी राख्नुपर्दछ ।’

बन्द भएका उद्योग कलकारखाना सञ्चालन भए र अर्थतन्त्रसँगै सबै व्यापार व्यवसाय फस्टाउँदै जीवन बीमा कम्पनीहरुमा हुने यस्तो पोलिसी त्याग गर्नेको संख्या विस्तारै कम हुँदै जाने पौडेलको भनाई छ ।  

त्यस्तै, पेशागत जीवन बीमा अभिकर्ता संघका अध्यक्ष केदारनाथ अधिकारी पनि जनचेतनाको कमीले गर्दा नै बीमा पोलिसी त्यागबाटै महिनापिच्छे अर्बौ रकम बाहिरिन थालेको बताउँछन् ।  

‘पछिल्लो समय मानिसहरुको व्यापार व्यवसाय फस्टाउन सकेको छैन र सर्वसाधारणहरुले बीमालाई विकल्पको रुपमा मात्र हेरेका छन् । आफुलाई पैसाको अभाव खड्किएपछि सबैभन्दा पहिला मानिसहरुले आफुले गरेको बीमालेख नै त्याग गर्ने सोच्छन्’ उनले भने, ‘बरु बैंकमा जम्मा गरेको पैसा चलाउँदैनन् तर बीमा पोलिसी त्याग गरेर भएपनि पैसा जोहो गर्ने सर्वसाधारणको बानी छ ।’

बीमा क्षेत्रबाट यसरी अर्बौ रकम बाहिरिनु जीवन बीमा क्षेत्रलाई धक्का पर्न सक्ने अधिकारीको भनाई छ । ‘अहिले यसरी सरेण्डरदर बढ्दै जानु मुख्यतः चेतनाको कमी नै हो । बीमालेख त्याग गर्दा कम्पनीसँगै बीमित आफैंलाई पनि घाटा हुन्छ तर बीमितले त्यो कुरा बुझ्दैनन्’ उनले भने, ‘पोलिसी सरेण्डरदर कम गर्न बीमा कम्पनी, प्राधिकरण र अभिकर्ताहरुले पनि चेतना फैलाउन आवश्यक छ ।’

कुन कम्पनीबाट कति ?  

भदौ मसान्तसम्म जीवन बीमा कम्पनीहरुबाट १९ हजार ७४१ वटा बीमालेख त्याग भएका छन् । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीबाट कुल २ अर्ब ७५ करोड ३२ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ ।  

सर्वाधिक एलआइसी नेपालबाट पोलिसी त्याग भएको देखिन्छ । कम्पनीबाट दुई महिनामै ५ हजार २२३ वटा पोलिसी अर्थात् बीमितहरुले ८७ करोड १५ लाख रुपैयाँ बराबरको पोलिसी त्याग गरेका छन् ।  

त्यस्तै, नेपाल लाइफबाट पनि ८१ करोड ५३ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । कम्पनीबाट ४ हजार ७९९ वटा बीमालेख बन्द भएका हुन् ।  

यसका साथै एशियन लाइफबाट १ हजार ८६० बीमितले २१ करोड ५१ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीबाट १ हजार ७७७ बीमितले १८ करोड ४६ लाख रुपैयाँ, नेशनल लाइफबाट ९४७ बीमितले १४ करोड ७२ लाख रुपैयाँ, सुर्यज्योति लाइफबाट १ हजार १६८ बीमितले १३ करोड २४ लाख रुपैयाँ, हिमालयन लाइफबाट १ हजार ४३६ बीमितले १२ करोड ८० लाख रुपैयाँ र मेट लाइफबाट ७१० बीमितले ७ करोड १५ लाख रुपैयाँ भन्दा बढीको पोलिसी त्याग गरेका छन् ।  

त्यस्तै, सानिमा रिलायन्स लाइफबाट ३७८ बीमितमार्फत ५ करोड ८६ लाख रुपैयाँ, आइएमई लाइफबाट ३६३ बीमितमार्फत ३ करोड ९९ लाख रुपैयाा, सिटिजन लाइफबाट ३८७ बीमितमार्फत २ करोड ८८ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफबाट २१५ बीमितमार्फत २ करोड ६६ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफबाट ३५० बीमितमार्फत २ करोड १६ लाख रुपैयाँ र सन नेपाल लाइफबाट १२८ बीमितमार्फत १ करोड १४ करोड रुपैयाँ बराबरको बीमा पोलिसी समर्पण भएको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.