शनिबार, श्रावण २३,२०८३ 06:22:51
Bizshala
  • शनिबार, श्रावण २३,२०८३ 06:22:51
Bizshala
Global IME Bank Limited

बाढीपहिरोबाट अति प्रभावित जिल्लालाई १/१ लाख प्रदान गर्ने महासंघको निर्णय

बाढीपहिरोबाट अति प्रभावित जिल्लालाई १/१ लाख प्रदान गर्ने महासंघको निर्णय
New Office

काठमाण्डौ । गत असोज १० गतेदेखिको अविरल बर्षाका कारण मुलुकका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघ गहिरो दुःख व्यक्त गरेको छ । 

महासंघ विपदमा ज्यान गुमाउनुहुनेहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट समेत गरेको छ । महासंघले एक प्रेस विज्ञप्ती जारी गर्दै घाइतेहरुको सिघ्र स्वास्थ लाभको कामना पनि गरेको छ ।  

विपदको यस घडिमा जिल्ला उद्योग वाणिज्य संघ मार्फत अति प्रभावित जिल्लालाई एक/एक लाख रुपैयाका दरले राहत रकम प्रदान गर्ने महासंघले निर्णय गरेको छ । महासंघका सदस्य जिल्ला उद्योग वाणिज्य संघहरु मार्पmत उक्त रकम राहतका लागि उपयोग गरिनेछ ।

यसका साथै विपदको यस समय आ आप्mनो तर्पmबाट आवश्यक सहयोग उपलब्ध गराउन महासंघ कार्यकारिणी समिति सदस्य लगायत सदस्य जिल्ला नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ, एसोसिएट एवं राष्ट्रिय संघहरु एवं सम्पूर्ण उद्यमी व्यवसायीहरुलाई पनि आग्रह गरेको छ ।  

यसैगरि, बाढीपहिरोका कारण यातायात अवरुद्ध भएको यस घडिमा अत्यावश्यकीय सामान लगायतको आपूर्तिका लागि यथासम्भव सक्रिय रहन महासंघ आप्mना सम्पूर्ण सदस्यहरुमा आह्वान गरेको छ ।  

उद्धारका क्रममा आवश्यक उपकरणको सरकारबाट समेत माग भएको सन्दर्भमा उक्त सामाग्री यथासम्भव उद्धार कार्यमा संलग्न सरकारका निकायलाई उपलब्ध गराइ दिन पनि महासंघले आप्mना सदस्यहरुलाई आग्रह गरेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.