बुधबार, असार १०,२०८३ 05:20:52
Bizshala
  • बुधबार, असार १०,२०८३ 05:20:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आजदेखि असोज ३० गतेसम्म रात्रिकालीन आन्तरिक उडान हुने

Laxmi Sunrise Bank Limited
आजदेखि असोज ३० गतेसम्म रात्रिकालीन आन्तरिक उडान हुने

काठमाण्डौ यात्रुको चाप बढेपछि आजदेखि रात्रिकालीन आन्तरिक उडान हुने भएको छ । सरकारले हवाई उडान चापलाई मध्यनजर गर्दै घटस्थापनादेखि पूर्णिमासम्म रात्रिकालीन आन्तरिक उडान सञ्चालन गर्ने जनाएको छ ।  

यससँगै देशभरका विमानस्थलमा बिहान साढे ४ बजेदेखि राति १२ बजेसम्म उडान हुने भएको छ। बाढीपहिरोका कारण सडक सञ्जालमा समस्या उत्पन्न हुँदा दशैंका लागि घर जाने यात्रुहरुको चाप निकै बढेको छ । 

New Office
CG Motors
Garima Development Bank

यसै समस्यालाई सम्वोधन गर्न सरकारले असोज १७ देखि असोज ३० गतेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललगायतका विमास्थालमा रात्रिकालीन उडान गर्ने निर्णय गरेको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अहिले दैनिक ५ सयभन्दा बढी आन्तरिक उडान भइरहेका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

चाडपर्वमा यात्रुलाई हवाई टिकटमा सहजता र भाडामा न्यूनता ल्याउनेगरी रात्रिकालीन उडानको व्यवस्था मिलाएको जनाइएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.