आईतवार, आश्विन २०,२०८१ 11:10:10
IME remit
  • आईतवार, आश्विन २०,२०८१ 11:10:10
IME remit
Global IME Bank Limited

नेपालमा जेइको जेसिक्स र ओमोडा ईफाइभको १०० युनिट एकदिनमा डेलिभरी सम्पन्न

Hyundai Nepal
नेपालमा जेइको जेसिक्स र ओमोडा ईफाइभको १०० युनिट एकदिनमा डेलिभरी सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । ओमोडा एन्ड जेइको कम्पनीको नेपालका लागि आधिकारिक वितरक, एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेडले ‘जेइको जे सिक्स’ इलेक्ट्रिक एसयुभी र ओमोडा ई फाइभको १०० भन्दा धेरै युनिटहरू डेलिभरी गरेको छ । पूर्ण रूपमा विद्युतीय जेइको जे सिक्स, नेपालमै पहिलो अफ–रोड इलेक्ट्रिक एसयुभी हो ।  

गत अगस्टमा नाडा अटो सोको अवसरमा सार्वजनिक गरिएको बहु–प्रतिक्षित जेइको जेसिक्सले यसको पावर, पर्फर्मेन्स तथा आकर्षक अफ–रोड डिजाइनका कारण छोटो समयावधीमा नै नेपाली ग्राहकहरूको मन जित्न सफल भएको कम्पनीले दाबी गरेको छ । अफ–रोड ड्राइभिङमा रूची राख्नेहरूले गत हप्ता आयोजित डर्ट–टेम्पल च्यालेन्जको चुनौतीपूर्ण ट्र्याकहरूमा जेइको जेसिक्सको शक्तिशाली अफ–रोड क्षमता प्रत्यक्ष अनुभव गर्न तथा हेर्न पाएका थिए । यसबाट विद्युतीय गाडीले पनि जस्तोसुकै अप्ठ्यारो भूभागहरू सजिलै पार गर्न सक्छ भन्ने कुरापनि प्रमाणित भएको कम्पनीले जनाएको छ ।

Bizshala
Shivam Cement
CG Motors

जेइको जेसिक्स नेपालको चुनौतीपूर्ण अफ(रोड अवस्थाका लागि उपयुक्त हुनेगरी डिजाइन गरिएकोले गर्दा यो नेपाली अफ–रोड पारखीहरूको लागि उचित रोजाई बनेको कम्पनीको भनाई छ । यसमा २ हजार ७१५ मिलिमिटरको ह्विलबेस, १८ इन्चको ह्विल तथा २०० मिलिमिटरको भव्य ग्राउन्ड क्लियरेन्स रहेको छ । चालकसहित ५ यात्रु क्षमता रहेको यो गाडीमा वाइड प्यानोरामिक सनरुफ, ८‍–१२ स्पिकर इन्फिनिटि साउन्ड सिस्टम तथा इजि क्लिनिङ डिजाइनसहितको इन्टेरियर रहेको छ । यसको साइड–हिन्ज्ड टेलगेटसँगै २६४ लिटरको बुटस्पेस र १० किलो क्षमताको पेलोड बक्स रहेको छ जुन आपतकालिन अवस्था तथा सहज पहुँचका लागि उपयुक्त हुन्छ ।

Mahalaxmi Development Bank
Muktinath Bikas Bank Limited
Sagarmatha Cement

जेसिक्सले डे एन्ड नाइट रियर भ्यु  मिरर, ३६० डिग्रि क्यामेरा, प्यासेन्जर एयरब्याग, साइड एयरब्याग जस्ता सुविधाहरूको साथ उच्चतम सुरक्षा प्रदान गर्दछ । जेसिक्सले यसको रगेड बडिसँगै अफ रोडको लागि शक्तिशाली पर्फमेन्स दिने कम्पनीले जनाएको छ। जेसिक्स दुइवटा भेरियन्टमा उपलब्ध छ । पहिलो भेरियन्ट, २०० न्युटनमिटरको टर्क र १८० किलोवाटको अधिकतम पावर दिने डुअल इलेक्ट्रिक मोटर सहितको फोर ह्विलड्राइभ । र दोश्रो, १८४ न्युटनमिटरको टर्क र १३५ किलोवाटको अधिकतम पावर दिने सिङ्गल मोटर भेरियन्टमा उपलब्ध छ ।  

यो गाडी ६.५ सेकेन्डभित्रै ० बाट १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ । सिएटिएलको एलएफपि (लिथियम फेरोस फस्फेट) ब्याट्रि (जुन ५०.६ किलोवाट आवर, ६५.७ किलोवाटआवर, वा ६९.७ किलोवाट आवरमा उपलब्ध छ । जे सिक्सले ५०१ किलोमिटरको सिएलटिसि रेन्ज प्रदान गर्दछ । यो गाडी ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म मात्र ३० मिनेटमा चार्ज हुन्छ भने यसमा डिसि र एसि दुवै चार्जिङ पोर्टहरू उपलब्ध रहेका छन् । 

Nepal Investment Mega Bank Limited
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.