IME remit
  • शनिबार, कार्तिक १५,२०८२ 09:43:04
IME remit
Global IME Bank Limited

भारतीय उद्योगपति रतन टाटाको निधन

Hyundai Nepal
भारतीय उद्योगपति रतन टाटाको निधन
Shivam Cement

काठमाण्डौ । टाटा सन्सका अध्यक्ष रतन नवल टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ । उनको निधनको जानकारी बुधबार राति सार्वजनिक भएको हो । उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको थियो। उनी उमेरसँग सम्बन्धित रोगबाट पीडित थिए ।

राति करिब २ बजे उनको शव अस्पतालबाट उनको घर कोलाबामा लगिएको थियो । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले टाटाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने बताएका छन्।

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहको तर्फबाट एक विज्ञप्ति जारी गर्दै रतन टाटाको मृत्यु भएको पुष्टि गरेका छन्।

उनको निधनमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत देशका धेरै दिग्गजहरुले दुःख व्यक्त गरेका छन् । राष्ट्रपति द्रौपदी मुर्मुले ट्वीटरमा लेखेकी छिन्, ‘रतन टाटाको निधनले भारतले कर्पोरेट वृद्धिलाई राष्ट्र निर्माण र उत्कृष्टतालाई नैतिकतासँग जोड्ने प्रतीक गुमाएको छ।’

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले रतन टाटा एक दूरदर्शी व्यापारी नेता र एक असाधारण व्यक्ति भएको र उनले भारतको प्रतिष्ठित औद्योगिक घरानालाई स्थायी नेतृत्व दिएको बताएका छन् ।  

रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा भएको थियो । सन् २००८ मा रतन टाटाले पद्म विभूषण, भारतको दोस्रो सर्वोच्च नागरिक पुरस्कार प्राप्त गरेका थिए ।  यसअघि सन् २००० मा उनलाई पद्मभूषणबाट पनि सम्मानित गरिएको थियो ।

Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.