शुक्रबार, बैशाख ४,२०८३ 10:09:24
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 10:09:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रतन टाटाका सौतेला भाई बने टाटा ट्रस्टको अध्यक्ष

Bizshala
रतन टाटाका सौतेला भाई बने टाटा ट्रस्टको अध्यक्ष
Shivam Cement

काठमाण्डौ । रतन टाटाको निधनपछि ६६ वर्षीय नोएल टाटा टाटा ट्रस्टको अध्यक्ष हुने भएका छन् । उनी रतन टाटाका सौतेनी भाइ हुन्। अक्टोबर ९ मा रतनको मृत्यु पछि नोएल टाटा ट्रस्टको एकमात्र दावेदार थिए। उनका भाइ जिमीको नाम पनि चर्चामा रहे पनि उनले यसअघि नै सन्यास लिएका थिए ।

मुम्बईमा भएको ट्रस्ट बैठकमा नोएलको नाममा सहमति भएको थियो । यसको औपचारिक घोषणा पछि गरिने जनाइएको छ । टाटा समूहसँग घनिष्ठ सम्बन्ध रहेको अधिकांश पारसी समुदायले अध्यक्षमा आफ्नो नाम जोडिएको टाटासँगको व्यक्ति हुनुपर्ने बताएका थिए । त्यसैले नोएल सर्वसम्मतिले अध्यक्ष चुनिएका हुन् ।  नोएल ४० वर्षभन्दा बढी समयदेखि टाटा समूहसँग आबद्ध छन्। नोएल टाटा सर दोराबजी टाटा ट्रस्ट र सर रणत टाटा ट्रस्टका ट्रस्टी पनि हुन्। यी ट्रस्टहरूको टाटा सन्सको बहुमत सेयर छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

नोएल सन् २०१४ देखि ट्रेन्ट लिमिटेडका अध्यक्ष छन्। ट्रेन्ट जुडियो र वेस्टसाइडका मालिक हुन्। उनको नेतृत्वमा विगत १० वर्षमा कम्पनीको सेयर ६ हजार प्रतिशतभन्दा बढीले बढेको छ ।

CG Motors
Garima Development Bank
IME remit

नोएल नेवल टाटाको दोस्रो पत्नी सिमोनका छोरा हुन्। रतन टाटा र जिमी टाटा नवल र उनकी पहिलो पत्नी सुनीका सन्तान हुन्।

नोएलले ससेक्स विश्वविद्यालयमा अध्ययन गरेका छन्। नोएलले टाटा इन्टरनेशनलबाट आफ्नो करियर सुरु गरेका थिए । सन् २०११ मा, उनलाई टाटा इन्टरनेशनल को अध्यक्ष बनाइएको थियो। त्यसपछि उनलाई समूहको अध्यक्ष बनाउने चर्चा सुरु भएको थियो । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.