बिहीबार, कार्तिक ८,२०८१ 12:16:29
IME remit
  • बिहीबार, कार्तिक ८,२०८१ 12:16:29
IME remit
Global IME Bank Limited

उद्धार यात्रामा कतै कठिनाइ भए अप्ठ्यारो नमानी फोन गर्नु: प्रधानमन्त्री

Hyundai Nepal
उद्धार यात्रामा कतै कठिनाइ भए अप्ठ्यारो नमानी फोन गर्नु: प्रधानमन्त्री
Nabil Bank Limited

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मेची महाकाली राष्ट्रिय उद्धार यात्राको समुद्घाटन गरेका छन् ।  

उद्घाटनसँगै यात्रीहरूलाई दशैं टिका लगाइदिएका प्रधानमन्त्रीले यात्राको क्रममा कुनै अवरोध भए आफूलाई तुरुन्त फोन गर्न भनेका छन्।  मेची महाकाली राष्ट्रिय उद्धार यात्राको क्रममा कुनै कठिनाइ भए अप्ठ्यारो नमानी आफूलाई फोन गर्न बताएका छन्। उनले यात्रीहरूका लागि आफ्नो फोन हटलाइन सरह रहने बताए।  

मानव सेवा आश्रमले हरेक वर्ष सडकपेटी र सार्वजनिक स्थलमा कस्तोपूर्ण जीवन बिताइरहेका सडक आश्रित सहयोगापेक्षीहरूको उद्धारका लागि मेची महाकाली राष्ट्रिय उद्धार यात्रा गर्दै आएको छ।  

Bizshala
Shivam Cement
CG Motors

यात्रीहरू आज बिहान १० बजेको आसपासमा मेची पुल पुगेर र उद्धार कार्यको थालनी गरेका छन्।  

उद्धार भएकाहरूलाई सम्बन्धित प्रदेशमा रहेको मानवसेवा आश्रमको सेवा केन्द्रहरूमा गृह प्रवेश गराइनेछ। यात्रामा ५० जना यात्रीहरू रहेका छन्।  

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala

मानवसेवा आश्रमको ७ प्रदेशको १९ जिल्लामा २५ वटा सेवा केन्द्रहरू सञ्चालित छन्। पहिलो मेची महाकाली राष्ट्रिय उद्धार यात्राको क्रममा ७५८ जनाको उद्धार भएको थियो भने अघिल्लो वर्ष भएको मेची महाकाली राष्ट्रिय उद्धार यात्राको क्रममा ३०४ जनाको उद्धार भएको थियो।  

यो उद्धार यात्राको खर्च आनी छोइङ डोल्मा फाउन्डेसनले सौजन्य गरेको छ। मानव सेवा आश्रम २०८२ साल भित्र नेपाललाई कोही पनि नागरिक खुल्ला आकाशमुनि सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवनयापन गर्न नपर्ने देश नेपाल निर्माण गर्ने संकल्प सहित २०६९ सालदेखि क्रियाशील हुँदै आएको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.