शनिबार, जेष्ठ २,२०८३ 04:57:08
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 04:57:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आईपीओ निष्काशनको तयारीमा रहेको मारुती सिमेन्ट्सको साधारण सभाको मिति परिवर्तन, के–के छन् अजेण्डा ?

Laxmi Sunrise Bank Limited
आईपीओ निष्काशनको तयारीमा रहेको मारुती सिमेन्ट्सको साधारण सभाको मिति परिवर्तन, के–के छन् अजेण्डा ?
Shivam Cement

काठमाण्डौ । आईपीओ निष्कासशनको तयारीमा रहेको मारुती सिमेन्ट्सले वार्षिक साधारण सभाको मिति परिवर्तन गरेको छ । कात्तिक ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ३० औं वार्षिक साधारण सभाको मिति परिवर्तन गरेको हो ।  

कम्पनीको उक्त सभा आगामी कात्तिक २३ गते विराटनगरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११.३० बजेदेखि सुरु हुनेछ । उक्त सभा कात्तिक ११ गते आयोजना हुने तय भएको थियो ।  

सभामा कम्पनीको सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम आव २०८०/८१ को मुनाफा तथा सञ्चित मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्तापूँजीको ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

Bizshala
New Office
CG Motors

यस्तै, आव २०८०/८१ मा कम्पनीको सञ्चालक समतिबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान रकमहरु अनुमोदन गरेको एक लाख भन्दा माथिका रकमहरु अनुमोदन गर्ने, विभिन्न बैंकहरुबाट लिइएको ऋणको अनुमोदन तथा स्वीकृती गर्ने र सञ्चालक समितिबाट आव २०८०/८१ मा भए गरेका निर्णयहरु पारित गरिनेछ ।  

यसैगरी, सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आव २०८०र८१ को वार्षिक प्रतिवेदनमाथ छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तको वासलात, सोही अवधिको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरी पारित गर्ने  र  चालु आवका लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

Garima Development Bank
Shivam Cement
IME remit

मारुती सिमेन्ट्सले आईपीओ निश्कासनको अनुमति माग गर्दै गत पुस २६ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा १७७ रुपैयाँ प्रिमियम थपेर कुल प्रतिकित्ता २७७ रुपैयाँको दरले आईपीओ निष्कासशनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो ।  

कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि प्रिमियम मूल्यमा आईपीओ निष्काशनको माग गरेको छ । कम्पनीले धितोपत्र बोर्डबाट अनुमति पाएपछि ४ अर्ब ३७ करोड ३२ लाख रुपैयाँबराबरको १ करोड १६ लाख कित्ता आईपीओ जारी गर्नेछ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.