काठमाण्डौ । तिहारको अवसरमै नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
निगमको सञ्चालक समितिको बैठकले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटरमा एक रुपैयाँले मूल्य समायोजन गरेको हो ।
नयाँ मूल्यसूचीअनुसार काठमाण्डौ, पोखरा र दिपायलमा डिजेल र मट्टितेलको मूल्य १५० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, सुर्खेत र दाङमा १४९ रुपैयाँ र बाँकी क्षेत्रमा १४७.५० रुपैयाँ मूल्य कायम भएको छ ।
निगमका अनुसार पेट्रोलको मूल्य भने यथावत रहेको छ ।
इण्डियन आयल कर्पोरेसनबाट १५ तारिखमा आएको नयाँ मूल्यसूचीअनुसार डिजेल र मट्टितेलको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।