IME remit
  • बिहीबार, कार्तिक ६,२०८२ 06:34:42
IME remit
Global IME Bank Limited

कामना सेवा फुटसल कप सिजन ४ सम्पन्न

Hyundai Nepal
कामना सेवा फुटसल कप सिजन ४ सम्पन्न
Shivam Cement

काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न कार्यक्रमअन्र्तगत कामना सेवा फुटसल कपको चौथो सिजन शनिवार सम्पन्न गरेको छ ।  

पुरुषतर्फको खेलको फाइनल खेलमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले डिफेन्डिङ च्याम्पियन गरिमा बिकास बैंकलाई ३–० ले हराउदै उपाधी जितेको छ ।  

त्यसैगरि, महिलातर्फको फाइनल खेलमा लुम्बिनी विकास बैंकले ग्लोबल आइएमई बैंकलाई २–० ले हराउदै उपाधी जितेको छ । कामना सेवा विकास बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष फुटसल कप आयोजना गर्दै आएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

विजेता तथा उपविजेता टिमलाई बंैकका तर्फबाट ट्रफि, मेडल, प्रमाण पत्र पुरस्कार प्रदान गरिएको थियो । बैंकका सञ्चालक विश्वेश्वर सुवेदीले एन्फा रेफ्रि नारायण अधिकारीलाई बल हस्तान्तरण गरि कार्यक्रमका शुभारम्भ भएको उक्त प्रतियोगिताको समापन कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले विजेता तथा उपविजेताहरुलाई पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा पुरुषतर्फ कुल १४ र महिलातर्फ कुल ७ टिमको सहभागिता रहेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

उक्त प्रतियोगितामा बैंकका प्रमुख सञ्चालन अधिकृत विकास ढुङ्गाना लगायत विभिन्न विभागिय प्रमुख तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो । बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको दिन २७ गते मंगलबार देशव्यापी रुपमा रक्तदान कार्यक्रमको समेत आयोजना गर्दैछ ।

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.