काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृत(सीईओ)को जिम्मेवारी शिव प्रसाद आचार्यलाई प्रदान गरिएको छ ।
संस्थाको कात्तिक ३० गते बसेको सञ्चालक समितिको २०७औं बैठकले आचार्यलाई कामु सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई मंसिर १ गतेदेखि लागू हुनेगरी अर्को व्यवस्था नभए सम्मका लागि उक्त जिम्मेवारी प्रदान गरिएको संस्थाले जनाएको छ । उनी हाल संस्थामा वरिष्ठ नायब सीईओको रुपमा कार्यरत छन् ।