सोमबार, बैशाख १४,२०८३ 06:59:17
Bizshala
  • सोमबार, बैशाख १४,२०८३ 06:59:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सांग्रिला डेभलपमेन्ट बैंकले ९.९९% मा ४० वर्षका लागि २ करोड सम्मको घरजग्गा कर्जा दिने

Bizshala
सांग्रिला डेभलपमेन्ट बैंकले ९.९९% मा ४० वर्षका लागि २ करोड सम्मको घरजग्गा कर्जा दिने
Shivam Cement

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र कुपण्डोल ललितपुरमा स्थित बृहत इन्भेष्टमेन्ट प्रालिबीच व्यवसायिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  

बैंक र उक्त कम्पनीबीच मंगलबारका दिन व्यवसायिक सम्झौता भएको हो । कुनै पनि व्यक्तिले बृहत इन्भेष्टमेन्टद्वारा सञ्चालित चापागाँउ परियोजनाअन्तर्गतका घर÷जग्गा खरिद गर्न चाहेको खण्डमा सांग्रिला डेभलपमेन्ट बैंकले सो खरिदकर्तालाई सहज तरिकामा कर्जा उपलब्ध गराउने व्यहोरा सम्झौतापत्रमा उल्लेख गरिएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

घरजग्गा खरिद गर्न अधिकतम ४० वर्ष सम्मको समयावधीका लागि अधिकतम कर्जा रकम रु २ करोड सम्म उपलब्ध गराइनेछ । कर्जाको ब्याजदर ९.९९ प्रतिशत तोकिएको र पहिलो ७ वर्ष सम्मको लागि ब्याजदरस्थिर रहने व्यहोरा सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

बैंकले आम ग्राहकहरुलाई घर÷जग्गा खरिद गर्न झन्झट रहित, सहज र सरल कर्जा सेवा प्रदान गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर भएको जनाएको छ । सम्झौतामा बैंकको तर्फबाट काठमाण्डौ क्लस्टर प्रमुख सुप्रिया श्रेष्ठ र बृहत इन्भेष्टमेन्ट प्रालिको तर्फबाट कार्यकारी निर्देशक पूर्णिमा राजभण्डारीले हस्ताक्षर गरेका छन् ।  

CG Motors
Garima Development Bank
IME remit

यस सम्झौताले आम ग्राहकहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

सानिमा बैंकको मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटीएम रहेका छन् ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.