बुधबार, आश्विन १४,२०८३ 12:51:13
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 12:51:13
Bizshala
Global IME Bank Limited

एलिजा गौतमलाई नेपालको पहिलो अफ–रोडर अल–इलेक्ट्रिक एसयुभी जेइको जेसिक्स हस्तान्तरण

Bizshala
एलिजा गौतमलाई नेपालको पहिलो अफ–रोडर अल–इलेक्ट्रिक एसयुभी जेइको जेसिक्स हस्तान्तरण
New Office

काठमाण्डौ । नेपालमा ओमोडा एन्ड जेइकोको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेडले एलिजा गौतमलाई नेपालको पहिलो अफ–रोडर इलेक्ट्रिक एसयुभी जेइको जेसिक्स डेलिभरि तथा हस्तान्तरण गरेको छ । 

एलिजा गौतम नेपाली चलचित्र निर्माता, अभिनेत्री तथा प्राइम टाइम्स टेलिभिजनका प्रबन्ध निर्देशकका रूपमा विभिन्न सामाजिक अभियानहरूका लागि परिचित व्यक्तित्व हुन् ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

ओमोडा एन्ड जेइकोको चाबहिलस्थित आधिकारिक डिलरसिप एबिटि मोटर्समा कार्यक्रमका साथ जेइको जेसिक्स हस्तान्तरण गरिएको हो । एसपिजि अटोमोबाइल्सका महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्द, सिनियर म्यानेजर आशिष दाहाल, तथा एबिटि मोटर्सका प्रबन्ध निर्देशक सचिन कुमार श्रेष्ठ र सोरुम म्यानेजर हिमांशु श्रेष्ठको उपस्थितिमा एलिजा गौतमर ऋषि धमलालाई हस्तान्तरण गरिएको हो ।

जेइको जेसिक्स नेपालकै पहिलो अफ–रोडर इलेक्ट्रिक एसयुभी हो जसले साहसिक यात्रा गर्न चाहनेहरूका लागि परिष्कृत ड्राइभिङ अनुभव र दिगो मोबिलिटि सोलुसन प्रदान गर्दछ । जेइको जेसिक्स शक्तिशाली इलेक्ट्रिक मोटर, २०० मिलिमिटरको अग्लो ग्राउन्ड क्लियरेन्स र स्पोर्टि डिजाइनले गर्दा अन्य प्रतिद्वन्दी एसयुभीहरु भन्दा छुट्टै स्तरमा रहेको छ । यसका अलावा, जेसिक्समा रहेको ४०० किमिको डब्लुएलटिपि रेन्ज, ६५.६९ किलोवाटआवरको ब्याट्रि क्षमता र १३५किलोवाटको अधिकतम पावरले अफ(रोड ट्र्याकहरू तथा एडभेन्चरस यात्रामा भरपर्दो साथ दिन्छ ।

 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.