शुक्रबार, पुष १२,२०८१ 11:52:23
IME remit
  • शुक्रबार, पुष १२,२०८१ 11:52:23
IME remit
Global IME Bank Limited

माउण्टेन इनर्जीले ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने

Hyundai Nepal
माउण्टेन इनर्जीले ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने
Nabil Bank Limited

काठमाण्डौ । माउण्टेन इनर्जी लिमिटेडले दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ।मनाङको दूधखोलास्थित ६५ मेगावाट क्षमताको उक्त आयोजनामा कम्पनीले लगानी गर्ने भएको हो।

माउण्टेन इनर्जी र सीता हाइड्रो प्रालिबीच लगानीसम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा माउण्टेन इनर्जीका तर्फबाट सञ्चालक अरुण कुमार केसी र सीता हाइड्रोका तर्फबाट अध्यक्ष सीताराम तिमल्सिनाले हस्ताक्षर गरेका छन्।

विद्युत विकास विभागले २०७४ जेठमा दूधखोला जलविद्युत आयोजनाको अध्ययन अनुमतिपत्र जारी गरेको थियो।

Bizshala
Shivam Cement
CG Motors

माउण्टेन इनर्जीले निर्माण सम्पन्न गरेका ४२ मेगावाट कोमिस्ट्री खोला हाइड्रो र ५ मेगावाटको ताँदी खोला हाइड्रो परियोजना हाल सञ्चालन भइरहेका छन्।कम्पनीले ४२ मेगावाटको मिस्ट्री खोला हाइड्रो परियोजना प्रति मेगावाट साढे १३ करोड हाराहारीको लागतमा निर्माण सम्पन्न गरेको थियो।

माउण्टेन इनर्जीले १२ मेगावाट क्षमताको मिस्ट्रीखोला–२ जलविद्युत आयोजनाको पनि विद्युत उत्पादन अनुमतिपत्र प्राप्त गरिसकेको छ।

दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता गरेसँगै अब माउण्टेन इनर्जीले हकप्रद सेयर निष्काशन गर्न सक्ने देखिएको छ।

चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासमा कम्पनीले ३० करोड ५३ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यस अवधिसम्म कम्पनीको चूक्तापूँजी २ अर्ब २६ करोड ३२ लाख रुपैयाँ रहेको छ। कम्पनीको‘ रिटेन अर्निङ १ अर्ब ३३ करोड रहेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala

यस अवधिमा कम्पनीको वार्षिकीकरण गरिएको प्रतिसयर आम्दानी ५३.९६ रुपैयाँ हुन आउँछ। कम्पनीको प्रति सेयर नेटवर्थ १५८.७७ रुपैयाँ रहेको छ।

मिस्ट्रीखोला आयोजना सञ्चालनमा आएको पहिलो वर्ष आर्थिक वर्ष २०७८/७९मा कम्पनीले १० प्रतिशत लाभांश वितरण गरेको थियो। साथै, आर्थिक वर्ष २०७९/८० मा कम्पनीले १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.