बुधबार, चैत्र २०,२०८१ 01:00:09
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 01:00:09
IME remit
Global IME Bank Limited

सेबोन अध्यक्षका लागि तीनजनाको नाम सिफारिस, सम्भावना कस्को ?

Hyundai Nepal
सेबोन अध्यक्षका लागि तीनजनाको नाम सिफारिस, सम्भावना कस्को ?
Nabil Bank Limited

काठमाण्डौ । पूँजीबजारको प्रमुख नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्षका लागि सिफारिस समितिले तीनजनाको नाम सिफारिस गरेको छ ।  

सिफारिस समितिका एक सदस्यका अनुसार आइतबार बिहान अन्तर्वार्ता र प्रस्तुतिकरण दिएका दुईजनासहित कुल ४ जनामध्येबाट ३ जनाको नाम सरकारलाई सिफारिस गरिएको हो । 

Shivam Cement
Bizshala
CG Motors

समितिले धितोपत्र बोर्डको अध्यक्षका लागि सन्तोषनारायण श्रेष्ठ, मुक्ति श्रेष्ठ र डा. नवराज अधिकारीको नाम सिफारिस गरेको हो।  

आइतबार अन्तर्वार्ताका लागि गएका नेप्सेका प्रमुख कार्यकारी अधिकृत समेत रहेका कृष्णबहादुर कार्कीको नाम भने समितिले समावेश गरेन ।  

अध्यक्षमा सिफारिस परेका तीनजनामध्ये २ जना धितोपत्र बोर्डको कार्यकारी निर्देशक हुन् । सन्तोषनारायण श्रेष्ठ मात्र बोर्डबाहिरका उम्मेद्वार हुन् ।  

अर्थमन्त्रीनिकट स्रोतहरुका अनुसार धितोपत्र बोर्डको अध्यक्षको रुपमा मुक्ति श्रेष्ठ नियुक्त हुनसक्ने प्रवल सम्भावना छ । 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सिफारिसमा परेका तीन नाममध्ये मुक्ति र सन्तोषनारायणले अघिल्लो सरकारको पालाकै सिफारिस समिति समक्ष प्रस्तुतीकरण र अन्तर्वार्ता दिइसकेका थिए । त्यसबेला अन्तर्वार्ता दिन नगएका कार्की र डा. अधिकारीले भने आइतबार दिएका थिए । कार्की र अधिकारी आइतबारको अन्तर्वार्ता गएकै कारण करिब एकवर्षअघिदेखि रोकिएको सेबोन अध्यक्ष नियुक्तिको प्रक्रिया अगाडि बढेको हो ।

सम्भवतः सोमबार(भोलि) बस्ने मन्त्रिपरिषद बैठकले सिफारिस भएका ३ नाममध्येबाट एकजनालाई सेबोन अध्यक्षमा नियुक्त गर्नेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.