शनिबार, असार १४,२०८२ 12:35:57
  • शनिबार, असार १४,२०८२ 12:35:57
Global IME Bank Limited

बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गर्न चिनियाँ पक्ष असमर्थ, भएन समझदारी

Hyundai Nepal
बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गर्न चिनियाँ पक्ष असमर्थ, भएन समझदारी
Nabil Bank Limited

काठमाण्डौ । नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) सहकार्य फ्रेमवर्कमा चिनियाँ पक्षले असमति जनाएपछि हस्ताक्षर हुन सकेन । नेपालले ऋणबाहेक अनुदान मात्रै लिने गरी गरेको प्रस्तावमा चिनियाँ पक्षले असहमति जनाएपछि फ्रेमवर्कमा हस्ताक्षर हुन नसकेको हो ।  

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा नेपाली पक्षले तयार पारेको बीआरआई सहकार्य फ्रेमवर्कका केही शब्दहरुमा चिनियाँ पक्षले असहमतिपूण प्रतिक्रिया जनाएपछि मस्यौदामा हस्ताक्षर हुन नसकेको स्रोतले जनाएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबीचको द्धिपक्षीय वार्तापछि ९ बुँदे सहमति र समझदारीपत्रमा हस्ताक्षर भएको थियो । यद्यपी यो सहमति मुख्य रुपमा आयोजतागत रुपमा मात्र थियो । भ्रमणमा सहभागी एक अधिकारीका अनुसार आयोजनामा गरिने कार्य आ–आफ्नै तरिकाले लागू हुने र उक्त आयोजनाको कार्यान्वयन बीआरआई अन्तर्गत हुनेछ ।  

चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तामा पनि बीआरआई सम्झौताको विषयले स्थान नपाएपछि प्रम ओलीको चीन भ्रमणका दौरानमा सहकार्य फ्रेमवर्कमा हस्ताक्षर नहुने भएको छ ।  

नेपालले पठाएको उक्त फ्रेमवर्कभित्रका ऋण, लगानी र अनुदान जस्ता शब्दहरुमा चिनियाँ र नेपालबीच लामो छलफल भएको थियो । चिनियाँ पक्षबाट उक्त शब्दको फ्रेमवर्कमा असहमति नभएपछि हस्ताक्षर हुन नसकेको स्रोतले जनाएको छ । नेपालले भने सन् २०१७ मा बीआरआईको समझदारीपत्रमा हस्ताक्षर गरेको थियो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.