बुधबार, माघ २३,२०८१ 01:27:33
IME remit
  • बुधबार, माघ २३,२०८१ 01:27:33
IME remit
Global IME Bank Limited

ब्रिटिस कलेजले ल्यायो नेपालमै पहिलोपटक युनिभर्सिटी अफ लण्डनको मान्यतामा एमएससी प्रोफेशनल अकाउन्टेन्सी कोर्ष

Hyundai Nepal
ब्रिटिस कलेजले ल्यायो नेपालमै पहिलोपटक युनिभर्सिटी अफ लण्डनको मान्यतामा एमएससी प्रोफेशनल अकाउन्टेन्सी कोर्ष
Nabil Bank Limited

काठमाण्डौ । द ब्रिटिस कलेजले युनिभर्सिटी अफ लण्डन (यूओएल)बाट एमएससी प्रोफेशनल अकाउन्टिङ कोर्षका लागि आधिकारिक शिक्षण केन्द्रको मान्यता प्राप्त गरेको छ ।  

ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको ब्रिटिस कलेजले निरन्तर गुणस्तरिय शिक्षा प्रदान गरिरहेको कारण यूओएलबाट एमएससी प्रोफेशनल अकाउन्टेन्सी कोर्षको लागि मान्यता पाएको एक विज्ञप्तिमार्फत जनाएको छ ।

ब्रिटिस कलेजअन्तर्गतको ब्रिटिस प्रोफेशनल कलेजले लामो समयदेखि एसीसीए शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । प्रतिष्ठित ‘प्लाटिनम अप्रुभ्ड’ लर्निङ पार्टनरको दर्जासमेत पाएको कलेजले एमएसी प्रोफेशनल अकाउन्टेन्सी कोर्ष पनि विद्यार्थीहरुलाई उपलब्ध गराउन लागेको हो ।

Bizshala
CG Motors
Sagarmatha Cement

पछिल्लो उपलब्धिबारे ब्रिटिस कलेजकी एक्जिक्युटिभ प्रिन्सिपल, प्रा. मेरी बिशपले भनिन्, ‘यो कोर्ष अकाउन्ट र फाइनान्सको क्षेत्रमा काम गरिरहेका वा इच्छुकहरुका लागि सैद्धान्तिक र व्यवहारिक सीप प्रदान गर्नका लागि ब्रिटिस कलेजले सुरु गर्न लागेको हो । यसले फाइनान्सको व्यवस्थापन, रणनीतिक निर्णय प्रक्रिया, र प्रोफेशनल इथिक्सको विकास गरी विद्यार्थीहरुलाई प्रतिस्पर्धात्मक विश्वव्यापी बजारमा सफल हुन सक्षम बनाउने कुरामा म विश्वस्त छु ।’

साथै, बिशपले अकाउन्टिङ र फाइनान्सको क्षेत्रमा अघि बढ्न चाहने विद्यार्थीहरुको क्षमता वृद्धि गरि नेतृत्वदायीभूमिकानिर्वाह गर्न यो कोर्ष महत्वपूर्ण हुने विश्वास व्यक्त गरिन् ।  

‘नेपालमै पहिलो र एकमात्र एमएससी प्रोफेशनल अकाउन्टेन्सी शैक्षिक कार्यक्रम सुरु गर्नका लागि हामी उत्साहित छौं ।’कलेजका सिनियर प्रोग्राम म्यानेजर दीपेन्द्र के. श्रेष्ठले भने, ‘कोर्ष सञ्चालनको लागि यूओएलले दिएको मान्यताले विद्यार्थीहरुलाई नेपालमा नै विश्वस्तरीय अकाउन्टेन्सी कोर्ष प्राप्त गर्ने उत्कृष्ट अवसर प्रदान गरेको छ । हामी उनीहरुलाई शैक्षिक र पेशागत सफलताका लागि मद्दत गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं।’

एमएससी प्रोफेशनल अकाउन्टिङ एसीसीएद्वारा मान्यताप्राप्त कोर्ष हो । यस कोर्ष पढ्ने विद्यार्थीहरुले एसीसीएको सदस्यतासँगै एमएससी डिग्रीको मान्यता पाउँछ । युनिभर्सिटी अफ लण्डनको रिसोर्सहरुसँगै कलेजका अनुभवी फ्याकल्टीहरुले पनि थप शैक्षिक सहयोग प्रदान गर्ने यस कोर्ष अन्तर्राष्ट्रिय लेखापरीक्षण मापदण्ड र उद्योगका उत्कृष्ट अभ्यासहरुलाई ध्यानमा राखेर तयार गरिएको हो ।

Muktinath Bikas Bank Limited

यो विषय कसले अध्ययन गर्न पाउँछन् ?

यस शैक्षिक कार्यक्रम प्रोफेशनल अकाउन्टेन्सीको मान्यता पाएका विद्यार्थीहरुको लागि डिजाइन गरिएको हो । यस कोर्ष एसीसीए र एफसीसीए, चार्टर्ड अकाउन्टेन्ट्स अष्ट्रेलिया र न्यूजिल्याण्ड(सीए एएनजेड), चार्टर्ड इन्स्टिच्युट अफ म्यानेजमेन्ट अकाउन्टेन्सी (सीआईएमए, एसीएमए, एफसीएमए, सीजीएमए), चार्टर्ड इन्स्टिच्युट अफ पब्लिक फाइनान्स एण्ड अकाउन्टेन्सी (सीआईपीएफए, सीपीएफए, सीआईपीएफए– पीक्यू), चार्टर्ड प्रोफेशनल अकाउन्टेन्ट्स क्यानडा, (सीपीए क्यानडा, सीपीए), सीपीए अष्ट्रेलिया (सीपीए, एफपीए) र इन्स्टिच्युट आफ चार्टर्ड अकाउन्टेन्ट्स इन इंग्ल्याण्ड एण्ड वेल्स (आईसीएईडब्लु, एसीए र एफसी)द्वारा मान्यताप्राप्त निकायबाट विद्यार्थीहरुका लागि डिजाइन गरिएको हो ।

यसकोर्षले क्षमता वृद्धि गरी अकाउन्टिङ र फाइनान्सको क्षेत्रमा अघि बढ्न चाहने विद्यार्थीहरु नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास कलेजले लिएको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.