काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण सेकर आज स्वदेश फर्कदै छन् । प्रधानमन्त्री ओली आज दिउँसो काठमाण्डौ आईपुग्ने कार्यक्रम छ ।
उनी चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्तान गरेका थिए । चीन भ्रमणका क्रममा प्रधानमनत्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङ र चिनियाँ समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका थिए । भेटका क्रमा नेपाल–चीन सम्बन्धका साथै द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको थियो ।
यसैबीच मंसिर १९ गते नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) फ्रेमवर्कमा हस्ताक्षर भएको थियो । गत मंगलबार उच्चस्तरीय भेटवार्तापछि ९ बुँदे सहमति र समझदारी पत्रमा समेत हस्ताक्षर भएको थियो । जसमा नेपाल र चीनबीच टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान, नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र, नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न सम्बन्धी प्रमाणपत्र आदानप्रदान, फर्मली प्रोसेस्ड बफेलो मिट निर्यात सम्बन्धी प्रोटोकल, स्वयम्सेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र र नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधि सम्बन्धी विषय रहेका छन् ।
भ्रमणका क्रममा चीन सरकारले नेपाललाई ५ अर्ब ६० करोड रुपैयाँ अनुदान दिन सहमत भएको छ । चीनले विभिन्न परियोजना सञ्चालन गर्नका लागि यो रकम अनुदानका रुपमा दिने लागेको हो ।
यो अनुदान रकम चिनियाँ सहयोगमा निर्माण हुने परियोजना सञ्चालनका लागि खर्च हुनेछ ।
यसैबीच प्रधानमन्त्री ओलीले चीनका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । यसबारे चिनियाँ प्रधानमन्त्रीले सकारात्मक बचन दिएको जनाइएको छ ।
प्रधानमन्त्री ओलीले बेइजिङमा बुधबार आयोजित ‘नेपाल–चीन बिजनेस समिट’लाई सम्बोधन गर्दै नेपालमा लगानीको वातावरण बन्दै गएको भन्दै ढुक्क भएर लगानी गर्न आग्रह गरेका थिए ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                        .jpg) 
                                        .jpg) 
                                         
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                