काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने भएको छ । संस्थाको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले आव २०८०/८१ का लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।
बैठकले लाभांश प्रस्तावबिनाको वित्तीय विवरणहरु संस्थाको वार्षिक साधारण सभामा प्रस्तुत गर्नका लागि नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतीका लागि पेश गर्ने निर्णय समेत गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।