मंगलवार, श्रावण १९,२०८३ 02:04:53
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 02:04:53
Bizshala
Global IME Bank Limited

प्रभु बैंकले एकैपटक राख्यो ३४.२५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, क–कसले दिन पाउँछन् आवेदन ?

प्रभु बैंकले एकैपटक राख्यो ३४.२५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, क–कसले दिन पाउँछन् आवेदन ?
New Office

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले एकैपटक ३४ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले छुट्टा–छु्ट्टै सूचना जारी गर्दै बैंकका विद्यमान संस्थापक र आम सर्वसाधारणका लागि कुल ३४ लाख २५ हजार ६१८ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

बैंकले विभिन्न ८ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ३२ लाख ९० हजार ३१७ कित्ता विद्यमान संस्थापका लागि र ५ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ३५ हजार ३०१ कित्ता आम सर्वसाधारण तथा कम्पनीका लागि बिक्रीमा राखेको हो ।  

विद्यमान संस्थापक सेयरधनीका लागि बिक्रीमा राखिएको सेयर खरिदका लागि सूचना जा्री भएको ३५ दिनभित्र आवेदन दिनु पर्नेछ भने सर्वसाधारणका लागि राखिएकोमा १५ दिनभित्र आवेदन दिनु पर्नेछ । यस्तो आवेदन बैंकको काठमाण्डौ बबरमहलस्थित केन्द्रीय कार्यालयमा आईपुग्ने गरी दिनु पर्नेछ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.