काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकका सञ्चालक अमित कुमार अग्रवालको राजीनामा स्वीकृत भएको छ । बैंकको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले अग्रवालको राजीनामा स्वीकृत गरेको हो ।
अग्रवालले आफ्नो व्यक्तिगत कारणले गर्दा सञ्चालक पदबाट दिएको राजीनामा मंसिर २७ गतेदेखि नै लागू हुनेगरी स्वीकृत भएको बैंकले जनाएको छ । उनी बैंकको सञ्चालक समितिमा संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै आईरहेका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।