बिहीबार, बैशाख १०,२०८३ 06:46:04
Bizshala
  • बिहीबार, बैशाख १०,२०८३ 06:46:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सीएनआईवाईईएफको पहिलो राष्ट्रिय नेतृत्व सम्मेलन ‘सिनर्जी’ सम्पन्न

Bizshala
सीएनआईवाईईएफको पहिलो राष्ट्रिय नेतृत्व सम्मेलन ‘सिनर्जी’ सम्पन्न
Shivam Cement

काठमाण्डौ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआईवाईईएफ) ले पहिलो राष्ट्रिय नेतृत्व सम्मेलन ‘सिनर्जी’ सम्पन्न गरेको छ । उक्त सम्मेलनमा नेतृत्व र नीतिगत बहसका माध्यमबाट युवा उद्यमीहरूलाई दिगो आर्थिक विकासमा अघि बढाउने प्रतिबद्धता गरिएको छ ।

सो अवसरमा सुदृढ नेतृत्व र नीतिगत बहसमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल, निवर्तमान अध्यक्ष विष्णु कुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेसँग छलफल गरिएको थियो ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

छलफलमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले नेपालको बदलिंदो व्यवसायिक परिवेशलाई सहज बनाउन कुशल नेतृत्व आवश्यक रहेको बताए । उनले युवा उद्यमीहरूको नवप्रवर्तनशील सोंच र दृढताले देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । मुलुकमा उद्यमीहरुका लागि धेरै अवसर रहेको भन्दै उनले त्यसको पहिचान गरी अगाडि बढ्न युवा उद्यमीहरुलाई सुझाव दिए । स्पष्ट दृष्टिकोण र योजनाका साथ अगाडि बढ्दा व्यवसायिक जिवनमा सफलता हासिल हुने उनले बताए ।  

परिसंघका निवर्तमान अध्यक्ष विष्णु कुमार अग्रवालले व्यवसायिक एवं संस्थाको नेतृत्व गर्ने क्रममा विभिन्न चुनौतीहरुको सामना गर्नुपर्ने अनुभव सुनाउँदै सफल हुन दृढतापूर्वक आफ्नो लक्ष्यमा केन्द्रित हुनुपर्ने बताए । विद्यमान अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेपनि उद्यमीका लागि देशभित्र राम्रो अवसर रहेको उनले बताए ।

CG Motors
Garima Development Bank
IME remit

परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज युवा नेतृत्व भविष्यका लागि मात्र नभई परिवर्तनको वर्तमान चालक पनि भएको बताए । उनले व्यवसायमैत्री वातावरण निर्माण गर्न नीतिगत सुधारमा आवश्यक रहेको र परिसंघका त्यसका लागि निरन्तर काम गरिरहेको बताए ।

सीएनआईवाईईएफका अध्यक्ष आशिष अग्रवालले कुशल नेतृत्वकर्ताहरुको अनुभव, भोगाई र सिकाई युवा उद्यमीहरुका लागि महत्वपूर्ण भएकाले कार्यक्रम आयोजना गरिएको बताए ।  

सन् २००५ मा स्थापित सीएनआईवाईईएफले उद्यमीहरुको प्रबद्र्धनका लागि विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आईरहेको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.