सीएनआईद्वारा जेनजीको प्रदर्शनमा भएको हिंसाको कडा शब्दमा निन्दा, संयमता अपनाउन अपिल
काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सीएनआई)ले भदौ २३ गते भएको जेनजी समूहको प्रदर्शनका क्रममा युवाहरूको ज्यान गएकोप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गरेको छ । सीएनआईले एक विज्ञप्ती जारी गर्दै निर्दोषहरूको ज्यान जाने कुनै पनि प्रकारको हिंसाको कडा शब्दमा निन्दा गर्ने जनाएको छ । साथै, हिजोको घटना र भएको मानवीय क्षतिप्रति गहिरो समवेदना...