मंगलवार, श्रावण १९,२०८३ 07:50:06
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 07:50:06
Bizshala
Global IME Bank Limited

परिसंघसँगको छलफलमा मुख्यसचिवले भने,‘निजी क्षेत्रले केही न केही भएको अनुभूती गर्नेछ’

परिसंघसँगको छलफलमा मुख्यसचिवले भने,‘निजी क्षेत्रले केही न केही भएको अनुभूती गर्नेछ’
New Office

काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले नवनियुक्त मुख्यसचिव एकनारायण अर्यालसँग छलफल गरेको छ । आज बुधवार मुख्यसचिव अर्याललाई बधाइ तथा शुभकामना दिदै परिसंघले समग्र अर्थतन्त्रको विकासका लागि प्राथमिकतामा राख्नुपर्ने विषयबारे छलफल गरेको हो ।  

मुख्यसचिव अर्याललाई सफल कार्यकालको शुभकामना दिदैं अध्यक्ष राजेश कुमार अग्रवालले समग्र अर्थतन्त्रको विकासका लागि नीतिगत स्थायित्व र कानुनी सुधारमा ध्यान दिइनुपर्ने बताए । अर्थतन्त्रका केही सूचक सकारात्मक देखिएपनि उत्पादनशील एवं निर्माण क्षेत्र अझै पनि चलायमान हुन नसकेको उनले बताए । समग्र अर्थतन्त्रको विकासका लागी बजेटको प्रभावकारी कार्यान्वय एवं स्वदेशी उत्पादनको प्रयोग बढाउनुपर्नेमा उनले जोड दिए ।  

परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले अनुकुल औद्योगिक वातावरण निर्माणका लागि प्रकृयालाई सरलिकरण गरिनुपर्ने, रोजगारी थप बढाउन रोजगारी दिइरहेका उद्योगहरुलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।  

सो अवसरमा मुख्यसचिव अर्यालले अर्थतन्त्रको विकासका लागि सरकारलाई निजी क्षेत्रको सहयोग चाहिने बताए । पछिल्लो पटक केही कानुन संशोधन हुँदा त्यसले सकारात्मक काम गरेको उल्लेख गर्दै कानून सुधार गरेर अगाडि बढ्ने मुख्यसचिवले बताए । उनले आफ्नो कार्यकालमा निजी क्षेत्रले केही न केही भएको अनुभूती गर्ने बताए ।  

परिसंघका उपाध्यक्षद्वय वीरेन्द्र राज पाण्डे, अमित मोर, पदाधिकारी सदस्य गोकुल भण्डारी, महानिर्देशक डा. घनश्याम ओझालगायतले बधाई तथा शुभकामना दिए ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.