शुक्रबार, जेष्ठ १,२०८३ 02:43:05
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 02:43:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

औद्योगिक विकासका लागि प्रभावकारी बजेट कार्यान्वयन आवश्यकः परिसंघ अध्यक्ष पाण्डे

Laxmi Sunrise Bank Limited
औद्योगिक विकासका लागि प्रभावकारी बजेट कार्यान्वयन आवश्यकः परिसंघ अध्यक्ष पाण्डे
Shivam Cement

काठमाण्डौ । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले औद्योगिक विकासका लागि प्रभावकारी बजेट कार्यान्वयन आवश्यक रहेको बताएका छन् । औद्योगिक विकास केन्द्रित बजेट वाचमा बोल्दै पाण्डेले यस्तो बताएका हुन् ।

यस्तै उनले उक्त अवसरमा समग्र आर्थिक विकासका लागि औद्योगिक विकास अपरिहार्य रहेको बताउँदै औद्योगिक विकासका सम्बन्धमा बजेटमा बोलिएका विषयहरुको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए ।

‘हामी औद्योगिक विकासमा केन्द्रित भई सो अनुरुप नीतिगत सुधार गर्दै अगाडि बढ्नुपर्छ । त्यसले स्वदेशी उत्पादन बढाउन र आयात प्रतिस्थापन गर्न सहयोग गर्छ,’ उनले भने, ‘स्वदेशी उत्पादन बढाउन सकिएन भने हामी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सक्दैनौं । विश्व नै व्यापारमा प्रतिस्पर्धा गरिरहेको अवस्थामा हाम्रो लक्ष्य पनि स्पष्ट हुन आवश्यक छ ।’

Bizshala
New Office
CG Motors

पाण्डेले आत्मनिर्भर अर्थतन्त्रले मात्रै दिगो रुपमा आर्थिक समृद्धि हासिल गर्न सकिनेमा जोड दिए । त्यसैले चालु आर्थिक वर्षको बजेटको प्रभावकारी कार्यान्वयनसँगै आगामी बजेटको लक्ष्य पनि सोही दिशामा केन्द्रित हुन आवश्यक रहेको उनको भनाई छ ।

परिसंघले बजेटको प्रभावकारी कार्यान्वयन होस् भन्ने उद्देश्यले नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको सहकार्यमा सार्वजनिक निजी संवाद बजेट वाच पहल संचालन गर्दै आईरहेको समेत उनले बताए । उनका अनुसार बजेट वाच बजेटमा आएका निजी क्षेत्र र अर्थतन्त्रसँग प्रत्यक्ष सम्बन्धित विषयहरुको प्रभावकारी कार्यान्वयन रचनात्मक सहयोग गर्ने सार्वजनिक निजी संवाद हो ।

Garima Development Bank
Shivam Cement
IME remit

बजेटको सफल कार्यान्वयनले नै पूँजीगत खर्च बढ्ने, बजेटले निर्दिष्ट गरेको लक्ष्य हासिल हुने, नीतिगत सुधार हुँदै समग्र अर्थतन्त्रको विकास तथा विस्तार हुने भएकाले बजेटको सफल एवं प्रभावकारी कार्यान्वयन अति महत्वपूर्ण भएको धारणा उनले व्यक्त गरे ।

उनले भने, ‘बजेटमा निजी क्षेत्रकोतर्फबाट नीतिगत सुझाव दिदै आएका हुन्छौं । हाम्रा नीतिगत सुझावहरु बजेटमा समावेश पनि हुन्छन् । त्यसले हामीलाई उत्साह प्रदान गर्दछ । तर जब कार्यान्वयनको चरण आउँछ, बजेट कार्यान्वयन ज्यादै कमजोर हुन्छ, त्यसले हामीलाई निराश बनाउँछ ।’

नेपालको जस्तै अर्थतन्त्र भएका मुलुकहरु धेरै अगाडि पुगिसकेकाले ती देशले किन र कसरी प्रगती हासिल गर्न सके भन्ने विषयलाई नीति निर्माता, नियामक निकायले बुझ्न जरुरी रहेको समेत उनले औल्याए । ‘नीति स्थिर हुने, उत्पादनमुलक उद्योगलाई संरक्षण गर्ने र उद्योग स्थापना गर्न प्रोत्साहन गर्ने हो भने औद्योगिकरणका माध्यमबाट हामी पनि छोटो समयमै अगाडि बढ्न सक्छौं भन्नेमा म विश्वास राख्दछु,’ उनले भने ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.