बुधबार, भाद्र २५,२०८२ 10:16:28
  • बुधबार, भाद्र २५,२०८२ 10:16:28
Global IME Bank Limited

‘निर्माण व्यवसायीलाई ३०–४० अर्ब भुक्तानी गरी बजार चलायमान बनाउने सरकारको तयारी’

Hyundai Nepal
‘निर्माण व्यवसायीलाई ३०–४० अर्ब भुक्तानी गरी बजार चलायमान बनाउने सरकारको तयारी’

काठमाण्डौ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले सरकारले निर्माण व्यवसायीहरुलाई केही दिनमै ३०-४० अर्ब रुपैयाँ भुक्तान गरी बजार चलायमान बनाउन लागिएको जानकारी दिएका छन् ।  

नेपाल उद्योग परिसंघका प्रतिनिधि मण्डलसँगको भेटमा उनले यस्तो जानकारी दिएका हुन् ।  

परिसंघले अर्थमन्त्रीसँग भेट गरेपछि जारी गरेको विज्ञप्तिअनुसार अर्थमन्त्री पुनले अर्थतन्त्र केही दवाबमा रहेको उल्लेख गर्दै निर्माण व्यवसायीहरुको दिनुपर्ने भुक्तानी दिई बजारलाई चलायमान बनाउन ३०-४० अर्ब बजारमा पैसा पठाउन लागेको समेत जानकारी दिएका छन् । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सो अवसरमा मन्त्री पुनले सरकारले उद्यमी व्यवसायीलाई तर्साउने नभई प्रोत्साहन गर्ने बताए ।  प्रधानमन्त्रीले पहिले सुन्ने त्यसपछि मात्रै थुन्नुपर्ने अवस्थामा थुन्ने निर्देशन गृहमन्त्री समेतलाई दिएको उल्लेख गर्दै निजी क्षेत्रलाई अगाडि बढाएरै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।  

उनले अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रसँग नीतिगत विषयमा छलफल गर्ने, सुन्ने र लागू गर्न आफू प्रतिबद्ध रहेको बताए । “निजी क्षेत्र बन्यो भने रोजगारी सिर्जना हुन्छ । अर्थतन्त्र बलियो हुन्छ । यो सरकारले निजी क्षेत्रलाई तर्साउँदैन” पुनले प्रष्ट पार्दै भने ।  

बहुदर भ्याट प्रणालीमा जानुपर्ने परिसंघको सुझावलाई सकारात्मक भन्दै उनले करको दरका विषयमा नभई कर नीतिका विषयमा खुला रुपमा छलफल गर्ने बताए ।  

परिसंघले आफूहरुसँग अर्थमन्त्रीले अर्थतन्त्र सुधारका विषयमा छलफल गरेका बताएको छ ।  

परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले मंगलबार मन्त्री पुनलाई बधाई तथा शुभकामना दिंदै मुलुकको विद्यमान अर्थतन्त्र सुधारका लागि चालिनुपर्ने कदमका विषयमा सुझाव प्रस्तुत गरेको छ ।  

अध्यक्ष अग्रवालले मुलुकको आर्थिक अवस्था र निजी क्षेत्रले भागेको समस्याका विषयमा जानकारी गराउँदै निजी क्षेत्रको मनोबल किन खस्कियो भन्ने विषयमा स्पष्ट भई त्यहीबाट अर्थतन्त्र सुधारका लागि अगाडि बढ्नुपर्ने बताए । उनले भारतले अवलम्बन गरेको जीएसटी र नेपालले अवलम्बन गरेको एकदरको मूल्य अभिबृद्धि कर(भ्याट)का कारण अनधिकृत व्यापार बढाउन सहयोग गरेको बताउँदै बहुदर भ्याट प्रणालीमा जान आग्रह समेत गरे ।  

अध्यक्ष अग्रवालले साफ्टाका कारण कतिपय वस्तुहरुको भन्दा कच्चा पदार्थको मूल्य बढी भएकाले स्वदेशी उद्योगहरु प्रभावित भईरहेकोतर्फ ध्यानाकर्षण गराए ।  

कर्पोरेट विषयमा उद्योगी व्यवसायीलाई पहिले थुन्ने अनि सुन्ने गरिएकाले व्यवसायिक वातावरण बनाउन उद्योग व्यवसायसँग सम्बन्धित कानूनहरुलाई ‘डिक्रिमिनलाइज्ड’ गरिनुपर्नेमा जोड दिए ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.