शुक्रबार, जेष्ठ १,२०८३ 02:39:59
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 02:39:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

‘निर्माण व्यवसायीलाई ३०–४० अर्ब भुक्तानी गरी बजार चलायमान बनाउने सरकारको तयारी’

Laxmi Sunrise Bank Limited
‘निर्माण व्यवसायीलाई ३०–४० अर्ब भुक्तानी गरी बजार चलायमान बनाउने सरकारको तयारी’
Shivam Cement

काठमाण्डौ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले सरकारले निर्माण व्यवसायीहरुलाई केही दिनमै ३०-४० अर्ब रुपैयाँ भुक्तान गरी बजार चलायमान बनाउन लागिएको जानकारी दिएका छन् ।  

नेपाल उद्योग परिसंघका प्रतिनिधि मण्डलसँगको भेटमा उनले यस्तो जानकारी दिएका हुन् ।  

परिसंघले अर्थमन्त्रीसँग भेट गरेपछि जारी गरेको विज्ञप्तिअनुसार अर्थमन्त्री पुनले अर्थतन्त्र केही दवाबमा रहेको उल्लेख गर्दै निर्माण व्यवसायीहरुको दिनुपर्ने भुक्तानी दिई बजारलाई चलायमान बनाउन ३०-४० अर्ब बजारमा पैसा पठाउन लागेको समेत जानकारी दिएका छन् । 

Bizshala
New Office
CG Motors

सो अवसरमा मन्त्री पुनले सरकारले उद्यमी व्यवसायीलाई तर्साउने नभई प्रोत्साहन गर्ने बताए ।  प्रधानमन्त्रीले पहिले सुन्ने त्यसपछि मात्रै थुन्नुपर्ने अवस्थामा थुन्ने निर्देशन गृहमन्त्री समेतलाई दिएको उल्लेख गर्दै निजी क्षेत्रलाई अगाडि बढाएरै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।  

उनले अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रसँग नीतिगत विषयमा छलफल गर्ने, सुन्ने र लागू गर्न आफू प्रतिबद्ध रहेको बताए । “निजी क्षेत्र बन्यो भने रोजगारी सिर्जना हुन्छ । अर्थतन्त्र बलियो हुन्छ । यो सरकारले निजी क्षेत्रलाई तर्साउँदैन” पुनले प्रष्ट पार्दै भने ।  

बहुदर भ्याट प्रणालीमा जानुपर्ने परिसंघको सुझावलाई सकारात्मक भन्दै उनले करको दरका विषयमा नभई कर नीतिका विषयमा खुला रुपमा छलफल गर्ने बताए ।  

परिसंघले आफूहरुसँग अर्थमन्त्रीले अर्थतन्त्र सुधारका विषयमा छलफल गरेका बताएको छ ।  

परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले मंगलबार मन्त्री पुनलाई बधाई तथा शुभकामना दिंदै मुलुकको विद्यमान अर्थतन्त्र सुधारका लागि चालिनुपर्ने कदमका विषयमा सुझाव प्रस्तुत गरेको छ ।  

अध्यक्ष अग्रवालले मुलुकको आर्थिक अवस्था र निजी क्षेत्रले भागेको समस्याका विषयमा जानकारी गराउँदै निजी क्षेत्रको मनोबल किन खस्कियो भन्ने विषयमा स्पष्ट भई त्यहीबाट अर्थतन्त्र सुधारका लागि अगाडि बढ्नुपर्ने बताए । उनले भारतले अवलम्बन गरेको जीएसटी र नेपालले अवलम्बन गरेको एकदरको मूल्य अभिबृद्धि कर(भ्याट)का कारण अनधिकृत व्यापार बढाउन सहयोग गरेको बताउँदै बहुदर भ्याट प्रणालीमा जान आग्रह समेत गरे ।  

अध्यक्ष अग्रवालले साफ्टाका कारण कतिपय वस्तुहरुको भन्दा कच्चा पदार्थको मूल्य बढी भएकाले स्वदेशी उद्योगहरु प्रभावित भईरहेकोतर्फ ध्यानाकर्षण गराए ।  

कर्पोरेट विषयमा उद्योगी व्यवसायीलाई पहिले थुन्ने अनि सुन्ने गरिएकाले व्यवसायिक वातावरण बनाउन उद्योग व्यवसायसँग सम्बन्धित कानूनहरुलाई ‘डिक्रिमिनलाइज्ड’ गरिनुपर्नेमा जोड दिए ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.