बुधबार, असार १०,२०८३ 07:31:43
Bizshala
  • बुधबार, असार १०,२०८३ 07:31:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

काठमाण्डौमा आजबाट २ दिने पूर्वाधार सम्मेलन सुरु

Laxmi Sunrise Bank Limited
काठमाण्डौमा आजबाट २ दिने पूर्वाधार सम्मेलन सुरु

काठमाण्डौ। नेपाल उद्योग परिसंघको आयोजनामा आजदेखि नेपाल पूर्वाधार सम्मेलन सुरु भएको छ । भदौ २७ र २८ गते गरी २ दिनसम्म काठमाण्डौमा आयोजना हुने सम्मेलनमा नेपालसँगै अन्य विभिन्न देशका प्रतिनिधिहरु सहभागी हुँदैछन् ।  

आज साढे ४ बजे उद्घाटन हुन लागेको सम्मेलनमा दक्षिण कोरिया, भारत, चीन, मलेसिया, थाइल्यान्डलगायतका देशका प्रतिनिधिले सहभागीता जनाउँदैछन् । सम्मेलनमा सडक, ऊर्जा, रेल, रियल इस्टेट, फोहोरमैला व्यवस्थापन तथा वातावरण, सूचना प्रविधि, व्यापारसहितका अन्य पूर्वाधारका क्षेत्रका विषयमा छलफल हुनेछ।

New Office
CG Motors
Garima Development Bank

दुई दिने पूर्वाधार सम्मेलनमा नेपालले व्यहोरिरहेको पूर्वाधारको खाडल तथा यसलाई सम्बोधन गर्न आवश्यक लगानी जुटाउने विषयमा केन्द्रीत हनेछ । पूर्वाधारमा सरकारले लिनुपर्ने नीति, पूर्वाधार फाइनान्सिङका नवीन अवधारणा तथा सार्वजनिक निजी साझेदारीमा पूर्वाधार विकासका विषय समेटिएका छन् ।

सम्मेलनलाई प्रधानमन्त्री, प्रमुख दलका नेताहरू, उच्चपदस्थ अधिकारीहरू, निजी क्षेत्रको नेतृत्व, विकास साझेदार तथा विज्ञहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

उद्घाटन सत्रमा पूर्वाधार विकास र एसियाली पूर्वाधार विकासको ५० वर्षसहितमा छलफल हुनेछ।

सम्मेलनमा एसियाली विकास बैंकका पूर्वसल्लाहकार मनमोहन प्रकाश, एयर एशिया एभिएसन ग्रुपका प्रमुख कार्यकारी अधिकृत बो लिंगम, टाटा प्रोजेक्टका प्रमुख कार्यकारी अधिकृत विनायक पाई, मिनोकन्सल्ट मलेसियाका डा( ड्यानिस ज्ञानेन्द्र जस्ता व्यक्ति सहभागी हुँदैछन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.