बुधबार, फाल्गुन ६,२०८२ 04:57:53
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 04:57:53
Bizshala
Global IME Bank Limited

सर्वोत्कृष्ट करदाता नेपाल उद्योग परिसंघबाट सम्मानित

सर्वोत्कृष्ट करदाता नेपाल उद्योग परिसंघबाट सम्मानित
Shivam Cement

काठमाण्डौ । नेपाल उद्योग परिसंघले सर्वोत्कृष्ट करदाताहरुलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा नेपाल सरकारबाट सम्मानित उच्च करदाताहरुलाई परिसंघले सम्मान गरेको हो । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताको रुपमा सम्मान गरेको थियो । सोही उच्च करदाताहरुलाई निजी क्षेत्रकोतर्फबाट परिसंघले सम्मान गरेको हो ।

राष्ट्रिय कर दिवस २०८२ को अवसरमा बस्तु निर्यातको कारोबार गर्ने मध्येबाट सबै भन्दा बढी आयकर दाखिला गर्ने डावर नेपाल प्रालि, विशेष उद्योगहरु मध्ये सबै भन्दा बढी आयकर दाखिला गर्ने युनिलिभर नेपाल लिमिटेड, पर्यटन व्यवसाय मध्येबाट सबै भन्दा बढी आयकर दाखिला गर्ने सोल्टी होटेल लिमिटेड, वस्तु व्यापारको कारोबार गर्ने मध्येबाट सबै भन्दा बढी आयकर दाखिला गर्ने भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रा.लि., उर्जामुलक उद्योग मध्येबाट सबै भन्दा बढी आयकर दाखिला गर्ने भोटेकोशी पावर कम्पनी प्रा.लिलाई परिसंघले सम्मान गरेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यस्तै कृषि एवम् पशुपंक्षीजन्य उद्योगहरु मध्येबाट सबै भन्दा बढी आयकर दाखिला गर्ने पोषक ब्रिडर फार्म प्रालि, सुचना प्रविधि सम्बन्धि सेवा निर्यातको कारोबार गर्ने मध्येबाट  सबै भन्दा बढी आयकर दाखिला गर्ने भेरिस्क नेपाल प्रालि, एकलौटी फर्महरु मध्येबाट सबै भन्दा बढी आयकर दाखिला गर्ने थर्ड आई इन्टरनेशनल, बैंक वित्तीय संस्था र बिमाको कारोबार गर्ने मध्येबाट सबै भन्दा बढी आयकर दाखिला गर्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्वास्थ्य तथा शैक्षिक संस्थाहरु मध्येबाट सबै भन्दा बढी आयकर दाखिला गर्ने नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल परिसंघबाट सम्मानित भएका छन् ।

यसैगरी, रेमिट्यान्स तथा मनि ट्रान्सफरको कारोबार गर्ने मध्येबाट सबै भन्दा बढी आयकर दाखिला गर्ने आईएमई लिमिटेड, निकायहरु मध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने नेपाल दूरसंचार प्राधिकरण, वार्षिक कारोवार रकम रु. ५० करोडभन्दा बढी रु. १०० करोडसम्म कारोवार गर्ने कारदाताहरु मध्येबाट सबै भन्दा बढी आयकर दाखिला गर्ने सिडिएसएण्ड क्लियरिङ , बार्षिक कारोबार रकम रु ५० करोड सम्म कारोबार गर्ने करदाताहरु मध्ये सबै भन्दा बढी आयकर दाखिला गर्ने भिएफ सर्भिसेज (मोरिसस) प्रालि, वि.स.२०७६ श्रावण देखि २०८२ असार मसान्त सम्मको कर अवधिमा मुल्य अभिबृद्धि कर विवरण र सो अवधिको कर समयमै दाखिला गरि नियमित कर सहभागिता जनाएका करदाता मध्ये सबै भन्दा बढी मुल्य अभिबृद्धि कर दाखिला गर्ने नेपाल दूरसंचार कम्पनी लिमिटेड र व्यक्तिगत करदाता मध्येबाट सबै भन्दा बढी आयकर दाखिला गर्ने जावलाखेल गु्रप अफ इन्डष्ट्रिजका प्रबन्ध निर्देशक राज बहादुर शाहलाई परिसंघले सम्मान गरेको हो । शाह परिसंघका उपाध्यक्ष समेत हुनुहुन्छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

आज मंगलबार सीएनआई सचिवालयमा आयोजित सम्मान कार्यक्रममा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सर्वोत्कृष्ट करदाताहरुलाई सम्मान गरे । सो अवसरमा उनले सर्वोत्कृष्ट करदाता हुनु व्यक्तिगत एवं संस्थागत उपलब्धी मात्रै नभएर राज्यप्रति महत्वपूर्ण योगदान समेत भएको बताए । उच्च करदाताको रुपमा राज्यलाई गरेको योगदानको कदर गर्दै परिसंघले पनि सम्मान गरेको उनले बताए ।

उच्च करदाता सम्मान कार्यक्रममा परिसंघका उपाध्यक्षहरु राज बहादुर शाह, हेम राज ढकाल, अमित मोर, गभर्निङ्ग काउन्सिल सदस्य विजय शाह, राजश्व समिति सभापति गोपाल कुमार अग्रवाल, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागि थिए ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.