शनिबार, आश्विन १७,२०८३ 10:17:00
Bizshala
  • शनिबार, आश्विन १७,२०८३ 10:17:00
Bizshala
Global IME Bank Limited

मन्त्रीको अभिव्यक्तिप्रति नेपाल उद्योग परिसंघको गम्भीर आपत्ति

Bizshala
मन्त्रीको अभिव्यक्तिप्रति नेपाल उद्योग परिसंघको गम्भीर आपत्ति
New Office

काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीको उद्योगी–व्यवसायी लक्षित अभिव्यक्तिप्रति नेपाल उद्योग परिसंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बुधबार बसेको संसदीय समितिको बैठकमा मन्त्री कुमारीले ग्यास उद्योगीहरूलाई लक्षित गर्दै ‘पाता नकसेसम्म ग्यास सहज नहुने’ आशयको अभिव्यक्ति दिएको भन्दै परिसंघले आपत्ति जनाएको हो। उक्त अभिव्यक्ति गैरजिम्मेवारपूर्ण रहेको र यसले निजी क्षेत्रको मनोबलमा नकारात्मक असर पार्ने परिसंघको भनाइ छ।

विपद्का समयमा सरकारसँग सहकार्य गर्दै अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था सहज बनाउन प्रयासरत उद्योगी–व्यवसायीलाई यस्ता अभिव्यक्तिले निरुत्साहित बनाउने परिसंघले जनाएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

परिसंघका अनुसार मुलुकमा लगानी अभिवृद्धि, रोजगारी सिर्जना तथा समग्र अर्थतन्त्रलाई गतिशील बनाउन निजी क्षेत्रको मनोबल उच्च राख्नु आवश्यक छ। तर, निजी क्षेत्रलाई लक्षित गरी आउने यस्ता अभिव्यक्तिले समस्या समाधानमा सहजीकरण गर्नुको सट्टा थप अवरोध सिर्जना गर्न सक्ने परिसंघको ठहर छ।

यद्यपि, आपूर्ति शृंखलामा उत्पन्न परिस्थितिजन्य अवरोधका कारण ग्यासको अभाव भएको अवस्थामा कुनै उद्योगी वा व्यवसायीले बदनियतपूर्वक कृत्रिम अभाव सिर्जना गरेको प्रमाणित भएमा सम्बन्धित पक्षलाई प्रचलित कानुनबमोजिम कारबाही गर्नुपर्ने विषयमा परिसंघ स्पष्ट रहेको जनाएको छ।

परिसंघले सरकार र निजी क्षेत्रबीच सहकार्य तथा संवादमार्फत आपूर्ति व्यवस्थासहितका समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.