काठमाण्डौ । नेपाल उद्योग परिसंघका पूर्व उपाध्यक्ष बसन्तराज मिश्रको निधन भएको छ । मिश्रको ७० वर्षको उमेरमा आज बिहान निधन भएको परिवारले जनाएको छ ।
चार दशक बढी समयदेखि नेपालको पर्यटन उद्योगमा सक्रिय मिश्रको निधनले नेपालको पर्यटन उद्योगले एक कर्मठ, निष्ठावान तथा अभिभावक गुमाएको परिसंघले जनाएको छ ।
नेपालको पर्यटन उद्योगका विषयमा सधै चिन्ता र चासो राख्ने मिश्रले विदेशी पर्यटक नेपाल भित्र्याउन खेलेको भूमिका महत्वपूर्ण रहेको छ । टेम्पल टाइगर ग्रुप एण्ड कम्पनीका संस्थापक मिश्र सन् २०१३ देखि सन् २०१६ सम्म परिसंघको उपाध्यक्ष रहेका थिए ।