शुक्रबार, जेष्ठ १,२०८३ 02:39:37
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 02:39:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

उद्योगमा तत्काल विद्युत् नियमित गर्न नेपाल उद्योग परिसंघको अपिल

Laxmi Sunrise Bank Limited
उद्योगमा तत्काल विद्युत् नियमित गर्न नेपाल उद्योग परिसंघको अपिल
Shivam Cement

काठमाण्डौ । नेपाल उद्योग परिसंघले उद्योगमा तत्काल विद्युत् नियमित गर्न अपिल गरेको छ । संघले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो अपिल गरेको हो ।  

अर्थतन्त्रको मेरुदण्ड रहेको उद्योगहरुमा लोडसेडिङ गरिएकोप्रति गम्भिर ध्यानाकर्षण भएको नेपाल उद्योग परिसंघले जनाएको छ । ‘केही समय अगाडि पनि नेपालका उद्योगहरुमा लोडसेडिङ्ग गर्दै नेपाल विद्युत प्राधिकरणले विद्युत निर्यात गरेको थियो । उद्योगहरुमा विद्युत उपलब्ध नगराइदा उत्पादन लागत बढ्नुका साथै उत्पादनमा गम्भिर असर परेको थियो । उद्योगहरुमा अहिले पुनः दैनिक १२ घण्टासम्म लोडसेडिङ्ग गराएर उद्योगहरुलाई प्रताडित पार्ने काम प्राधिकरणबाट भएको छ,’विज्ञप्तीमा भनिएको छ, ‘यस्तो कार्यले मुलुकमा लगानीको वातावरणमा गम्भिर असर पार्नुका साथै नयाँ उद्योग स्थापना गर्न र उद्योग विस्तार गर्न गम्भिर भएर सोच्नुपर्ने गरी सशंकित बनाइएको छ ।’

Bizshala
New Office
CG Motors

सरकारले स्वदेशी उद्योगहरुको प्रबद्र्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन कानूनहरुमा सुधार गर्दै लगानीको वातावरण बनाउन प्रयासरत भइरहेको अवस्थामा सरकारी निकाय नै रहेको विद्युत प्राधिकरणले स्वदेशी उद्योगहरुमा गरेको लोडसेडिङले उद्योगलाई मर्माहत बनाएको संघको ठहर छ ।  

विज्ञप्तीमा उल्लेख छ,‘मुलुकमा विद्युत बचत हुँदा पनि उद्योगहरुलाई पर्याप्त विद्युत उपलब्ध नगराई निर्यात गरेको प्राधिकरणले अहिले फेरी उद्योगहरुमा लोडसेडिङ्ग गराएर देशमा उद्योग नगर्न प्रेरित गरेको त होइन ?’  

Garima Development Bank
Shivam Cement
IME remit

विद्युत कुनै पनि उद्योगहरुका लागि कच्चा पदार्थ भएकाले कच्चा पदार्थको अभावमा कुनै पनि वस्तु उत्पादन गर्न सम्भव नहुने बताउदै संघले उद्योगलाई नियमित विद्युत आपूर्ती हुने व्यवस्था तत्काल गर्न सरकार एवं सम्बन्धित पक्षसँग अपिल गरेको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.