काठमाण्डौ । रसुवा क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति नेपाल उद्योग परिसंघले गहिरो दुःख व्यक्त गरेको छ।
परिसंघले बाढीमा परी ज्यान गुमाउने नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
विपद्को समयमा प्रभावित नागरिकलाई अत्यावश्यक राहत सामग्री उपलब्ध गराउन, पुनर्निर्माण तथा आवश्यक कार्य अघि बढाउन परिसंघले ‘Disaster Response Committee’ गठन गरी राहत सामग्री संकलन तथा हस्तान्तरणको कार्य अघि बढाएको जनाएको छ।
परिसंघले यस कठिन परिस्थितिमा सरकार र समुदायसँग हातेमालो गर्दै राहत तथा पुनःस्थापनाका कार्यमा सक्दो योगदान गर्न आफ्ना सम्पूर्ण सदस्य संस्था, उद्यमी–व्यवसायी तथा व्यावसायिक संघ–संस्थालाई अपिल गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।