काठमाण्डौ । सीजी फुड्समा शुक्रबार भएको आक्रमणको घटनाप्रति नेपाल उद्योग परिसंघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । परिसंघले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो ।
सीजी फुड्समा कार्यरत कर्मचारीमाथि हातपात एवं भौतिक सम्पत्ति तोडफोड गरिएको घटना निन्दनिय भएको र देशकै प्रमुख औद्योगिक घराना चौधरी ग्रुपबाट सञ्चालित उद्योगमाथि भएको घटनामा संलग्न जो कोहीलाई कानूनी दायरामा ल्याउन परिसंघले माग गरेको छ ।
‘हालको विषम परिस्थितीमा निरुत्साहत बनिरहेको निजी क्षेत्रको मनस्थितीलाई यस्ता घटनाले थप हतोत्साही बनाउने, लगानीको वातावरण बिग्रने र समृद्ध अर्थतन्त्रको प्रयासमा गम्भिर असर पार्ने भएकाले यस्ता कार्यलाई निरुत्साहित गर्न कडा रुपमा प्रस्तुत हुन नेपाल सरकार, प्रशासन एवं सम्वन्धित सरोकारवालाहरुको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौं ।’ परिसंघले विज्ञप्तीमा उल्लेख गरेको छ ।