शुक्रबार, जेष्ठ १,२०८३ 02:41:02
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 02:41:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सिएनआईवाईईएफद्वारा टर्कीमा अन्तर्राष्ट्रिय बीटूबी भ्रमण सम्पन्न, द्विपक्षीय हितका विषयमा छलफल

Laxmi Sunrise Bank Limited
सिएनआईवाईईएफद्वारा टर्कीमा अन्तर्राष्ट्रिय बीटूबी भ्रमण सम्पन्न, द्विपक्षीय हितका विषयमा छलफल
Shivam Cement

काठमाण्डौ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआईवाईएफ)ले पहिलोपटक टर्कीमा अन्तर्राष्ट्रिय बीटूबी भ्रमण सम्पन्न गरेको छ। नेपालका युवा उद्यमीहरूलाई अन्तर्राष्ट्रिय बजारमा जोड्ने, आपसी व्यापारिक सहकार्यको सम्भावना खोज्ने र नेपालको उद्यमशीलतालाई विश्वव्यापी रुपमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो भ्रमण गरिएको हो।

सिएनआईवाईएफका अध्यक्ष आशिष अग्रवालको नेतृत्वमा आठ जना युवा उद्यमीहरूले टर्कीमा विभिन्न व्यवसायिक संस्था, उद्योगी तथा उद्यमीसँग भेटघाट तथा छलफल गरे । निर्माण, सूचना प्रविधि, स्वास्थ्य, वित्त, व्यापार तथा सेवा, कृषि, र पर्यटनजस्ता विविध क्षेत्रका उद्यमीहरू सहभागी उक्त टोलीले व्यापार, लगानी तथा नवप्रवर्तनका क्षेत्रमा सहकार्यका अवसरहरु खोजी गरेको छ ।

Bizshala
New Office
CG Motors

नेपाली युवा उद्यमी प्रतिनिधिले टर्कीका प्रमुख व्यवसायिक संघ संस्थाहरु इस्तानबुल चेम्बर अफ कमर्श, टर्कीका युवा व्यवसायीहरूको संस्था अनातोलियन लायन्स व्यवसायी संघ, स्वतन्त्र उद्योगी तथा व्यवसायीहरूको संस्था सँग दुई देशबीचको साना तथा मझौला उद्योगबीच सहकार्य, व्यापार प्रवर्द्धन र लगानी सम्भावना, उत्पादन व्यापार, कृषि प्रशोधन र औद्योगिक सहकार्य, निर्माण, पूर्वाधार तथा प्रविधिका क्षेत्रमा संयुक्त लगानी र सहकार्यका विषयमा छलफल गरे । त्यस्तै, दुई देशका युवा उद्यमीहरूलाई आपसी बीटूबी नेटवर्क बनाउने अवसर समेत प्राप्त भएको छ ।

सिएनआईवाईएफका अध्यक्ष आशिष अग्रवालले भ्रमण निकै जानकारीमूलक र प्रेरणादायक रहेको बताए। यसले दीर्घकालीन साझेदारी, अन्तर्राष्ट्रिय सिकाइ, र नयाँ बजारका अवसरहरूका लागि ढोका खोलिदिएको उनले बताए ।

टर्कीका व्यवसायिक संघ संस्थाबाहेक पनि मञ्चले टर्कीस्थित गैरआवासीय नेपाली समुदायका सदस्यसँग अन्तरक्रिया गरेको थियो। सो अवसरमा डायस्पोरा लगानी, सल्लाहकार भूमिका, तथा गैर आवासिय नेपालीहरूले नेपालमा बढ्दै गएको स्टार्टअप इकोसिस्टममा खेल्न सक्ने भूमिकाको विषयमा छलफल भएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.