आईतवार, फाल्गुन ३,२०८२ 04:11:11
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 04:11:11
Bizshala
Global IME Bank Limited

घोषणापत्रमा आर्थिक एजेण्डालाई पहिलो प्राथमिकता दिन सीएनआईको दलहरूलाई आग्रह

घोषणापत्रमा आर्थिक एजेण्डालाई पहिलो प्राथमिकता दिन सीएनआईको दलहरूलाई आग्रह
Shivam Cement

काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले आगामी निर्वाचनका लागि तयार हुने राजनीतिक दलका घोषणापत्रमा आर्थिक एजेण्डालाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेको छ । 

आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत परिसंघले समग्र अर्थतन्त्रको सुधार, औद्योगिकीकरण र लगानी प्रवर्द्धनलाई केन्द्रमा राखेर घोषणापत्र तयार गर्न दलहरूलाई सुझाव दिएको हो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

परिसंघका अध्यक्ष वीरेंद्रराज पाण्डेले पछिल्ला वर्षहरूमा राजनीतिक परिवर्तन भए पनि आर्थिक परिवर्तनले अपेक्षित गति लिन नसकेको उल्लेख गर्दै घोषणापत्रमा समेटिने प्रतिबद्धता व्यवहारमा कार्यान्वयन हुनुपर्नेमा जोड दिए । उनका अनुसार राजनीतिक स्थिरतासँगै सबल अर्थतन्त्र नै मुलुकको विकासको आधार हो, त्यसैले आर्थिक नीति, योजना र कार्यक्रमलाई निरन्तरता दिने स्पष्ट खाका घोषणापत्रमै देखिनुपर्छ ।

सीएनआईले सुशासन, उद्योग–उत्पादन विस्तार, रोजगारी सिर्जना, लगानी वृद्धि, कर प्रणाली सुधार, सूचना प्रविधिमा आधारित उद्योग प्रवर्द्धन, पूर्वाधार विकास, निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापनजस्ता विषयलाई उच्च प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएको छ । साथै, नयाँ कानुन निर्माण र विद्यमान कानुन सुधारमार्फत व्यवसायमैत्री वातावरण बनाउने विषयलाई पनि घोषणापत्रमा स्पष्ट रूपमा समेट्न आग्रह गरिएको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

परिसंघले दलहरूको घोषणापत्रमा गरिने प्रतिबद्धता र सरकारमा पुगेपछि हुने कार्यान्वयनबीच ठूलो खाडल देखिएको अनुभव उल्लेख गर्दै यसपटक त्यसलाई न्यूनिकरण गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताएको छ । आर्थिक विकासका लागि दीर्घकालीन दृष्टिकोण, प्राथमिकताका क्षेत्र र समयबद्ध कार्ययोजनासहित घोषणापत्र तयार गर्न सीएनआईको सुझाव छ।

सीएनआईका अनुसार औद्योगिकीकरण, प्रत्यक्ष वैदेशिक लगानी, सीप विकास, ऊर्जा, पर्यटन, कृषि, शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रलाई समेटेर समग्र आर्थिक रूपान्तरणको स्पष्ट रोडम्याप घोषणापत्रमा आउनुपर्छ । परिसंघले आगामी वर्षहरूमा अर्थतन्त्रलाई ठूलो आकारमा विस्तार गर्ने लक्ष्यसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा अध्ययनसमेत अघि बढाइरहेको जनाएको छ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.