बुधबार, असार १०,२०८३ 07:34:20
Bizshala
  • बुधबार, असार १०,२०८३ 07:34:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

निजी सम्पत्ति तथा सञ्चारगृहमा तोडफोड, लुटपाटको घटना दुखद्, अराजक गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउनु पर्छः परिसंघ

Laxmi Sunrise Bank Limited
निजी सम्पत्ति तथा सञ्चारगृहमा तोडफोड, लुटपाटको घटना दुखद्, अराजक गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउनु पर्छः परिसंघ

काठमाण्डौ । गत शुक्रबार राजावादीको आन्दोलनका क्रममा भएको निजी सम्पत्ति तथा सञ्चारगृहमा भएको तोडफोड, आगजनी, तथा व्यवसायिक प्रतिष्ठानमा भएको लुटपाटको घटना अत्यन्त दुखद् भएको नेपाल उद्योग परिसंघले जनाएको छ ।  परिसंघले एक प्रेस विज्ञप्ती जारी गर्दै विभिन्न माग राखी आन्दोलन, प्रदर्शन गर्दा आम सर्वसाधारण, विभिन्न पेशा, व्यवसायमाथि भौतिक आक्रमण, व्यक्तिगत सम्पत्तिमाथि आगजनी, व्यवसायिक प्रतिष्ठानमा तोडफोड एवं लुटपाट जस्ता कार्य जहिले पनि निन्दनिय हुने उल्लेख गरेको छ ।  

New Office
CG Motors
Garima Development Bank

‘निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड तथा आगजनी, लुटपाट जस्ता अराजक गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याई सुरक्षित रुपमा व्यापार, व्यवसाय, पेशा गर्न पाउने अधिकारलाई सुरक्षित बनाउन परिसंघ माग गर्दछ । साथै यस प्रकारका घटना दोहोरिन नदिन परिसंघ सम्बन्धित सबैमा अपिल समेत गर्दछ,’ विज्ञप्तीमा भनिएको छ,‘विभिन्न माग राखी आन्दोलन, प्रदर्शन गर्न पाउने अधिकार सुरक्षित भएतापनि यस्ता कार्यले अरु कसैको अधिकार हनन् गर्न हुँदैन भन्नेतर्फ समेत सचेत हुन सम्बन्धित सबैलाई परिसंघ आग्रह गर्दछ ।’

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

परिसंघले उक्त घटनामा परी निधन भएका व्यक्तिहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दैं घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।  

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.