मंगलवार, श्रावण १९,२०८३ 07:50:05
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 07:50:05
Bizshala
Global IME Bank Limited

अरुण चौधरी पक्राउप्रति निजी क्षेत्रको आपत्ति: आकस्मिक पत्रकार सम्मेलन हुँदै

अरुण चौधरी पक्राउप्रति निजी क्षेत्रको आपत्ति: आकस्मिक पत्रकार सम्मेलन हुँदै
New Office

काठमाण्डौ । उद्योगपति तथा व्यवसायी अरुण चौधरीलाई हठात् पक्राउ गरिएको भन्दै निजी क्षेत्रका विभिन्न प्रतिनिधिमूलक संघसंगठनले आकस्मिक पत्रकार सम्मेलन आह्वान गरेका छन् ।  

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले संयुक्त रुपमा आज साँझ ५ बजे काठमाण्डौको बानेश्वरस्थित होटल एभरेष्टमा आकस्मिक पत्रकार सम्मेलन बोलाएका हुन् ।  

सिजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बिहीबार पक्राउ गरेकोमा निजी क्षेत्रका प्रतिनिधिमूलक संघसंस्थाका नेताहरुले आपत्ति जनाइसकेका छन् । सोही विषयमा एउटै सन्देश दिने उद्देश्यले आकस्मिक र संयुक्त पत्रकार सम्मेलन आयोजना गरिएको हो ।  

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेर चौधरी ग्रुपको नाममा लगेको आरोपमा अरुण चौधरीलाई पक्राउ गरिएको थियो । चौधरीसँगै छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापा र  कारखानाको सञ्चालक समितिका वर्तमान अध्यक्ष सञ्जय ठाकुर पनि पक्राउ परेका छन् ।

पक्राउ परेका तीनैजनालाई हिरासतमा राख्ने अनुमति माग्दै सीआईबी काठमाण्डौ जिल्ला अदालतमा पुगेको छ  

अदालतले तीनैजनालाई थप हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिने सम्भावनासँगै निजी क्षेत्रका संघसंस्थाहरु सरकारी कदमको विरोधका लागि एकजुट बनेका हुन् ।  

निजी क्षेत्रका संघसंगठनका नेताहरुले कुनै आरोप लाग्दैमा व्यवसायीलाई पक्राउ गरिनु राज्यको गलत रबैया भएको टिप्पणी गरिरहेका छन् । कतिपयले त अरुण चौधरीको पक्राउ प्रकरणलाई राज्य संरक्षित आतंकको समेत संज्ञा दिएका छन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.