अरुण चौधरी पक्राउप्रति निजी क्षेत्रको आपत्ति: आकस्मिक पत्रकार सम्मेलन हुँदै
काठमाण्डौ । उद्योगपति तथा व्यवसायी अरुण चौधरीलाई हठात् पक्राउ गरिएको भन्दै निजी क्षेत्रका विभिन्न प्रतिनिधिमूलक संघसंगठनले आकस्मिक पत्रकार सम्मेलन आह्वान गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले संयुक्त रुपमा आज साँझ ५ बजे काठमाण्डौको बानेश्वरस्थित होटल एभरेष्टमा आकस्मिक पत्रकार सम्मेलन बोलाएका हुन् ।