बुधबार, असार १०,२०८३ 07:32:13
Bizshala
  • बुधबार, असार १०,२०८३ 07:32:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सीएनआईको आयोजनामा महिला नेतृत्व सम्मेलन चैत्र ३ गते काठमाण्डौमा हुने

Laxmi Sunrise Bank Limited
सीएनआईको आयोजनामा महिला नेतृत्व सम्मेलन चैत्र ३ गते काठमाण्डौमा हुने

काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले अन्तर्राष्ट्रिय स्तरको ‘दोस्रो वमन लिडरसिप समिट २०२५’ यही चैत्र ३ गते काठमाण्डौमा आयोजना हुने भएको छ । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको हो ।  

सम्मेलन आयोजनाको लागि सीएनआई वमन लिडरसिप फोरमले संयोजन गरेको छ ।  

सम्मेलनको समुद्घाटन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुनेछ । सम्मेलनमा प्रविधि र इनोभेसन, वमन इन सष्टेनेवल एग्रीकल्चर, इन्भेष्टिङ इन वुमन, बीवेण्ड बाउन्ड्रिज विषयमा सत्रगत रुपमा छलफल हुनेछ ।  

New Office
CG Motors
Garima Development Bank

मंगलबार परिसंघ सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले महिला नेतृत्व शिखर सम्मेलनले परिवर्तन प्रेरित महिला नेतृत्व, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूलाई एउटै थलोमा ल्याउने र नीतिगत तहमा नेपाल सरकार, सरोकारवाला निकायहरुले लिनुपर्ने नीतिगत विषयमा गहन रुपमा छलफल हुने बताए । यो शिखर सम्मेलन वर्तमान एवं सफल उदाहरणहरूमा केन्द्रित हुनेछ, जसले महिलाहरुलाई प्रेरित गर्नेछ ।  

सम्मेलनमा राजनीति, आर्थिक, सामाजिक, स्वास्थ्य, वातावरणलगायतका क्षेत्रमा स्थापित, रुपान्तरणकारी एवं प्रभावशाली राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती प्राप्त महिलाहरुसहित करिब ५ सय जनाको सहभागिता हुने सीएनआई महिला नेतृत्व फोरमकी सभापति छाया शर्माले बताए ।

परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले यस्ता सम्मेलनले महिलाहरुलाई अगाडी बढाउन सहयोग पुग्ने बताए । टाइटल स्पोन्सर नबिल बैंकका उप–महाप्रबन्धक आदर्श बजगाईले महिलाहरुलाई अगाडि बढाउन बैंकले सहयोग गर्दै आईरहेको र सोही अनुरुप यस सम्मेलनमा पनि बैंक आवद्ध भएको बताए ।  

सम्मेलनमा मेक इन नेपाल स्वदेशी वस्तुहरुको प्रदर्शनी समेत गरिनेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सम्मेलनको टाइटल स्पोन्सरमा नबिल बैंक रहेको छ भने एशियाली विकास बैंक (एडीबी) पावर्ड बाई रहेको छ ।  

सम्मेलनलाई सफल बनाउन सहयोग गर्ने अन्य संस्थाहरुमा नेपाल पर्यटन बोर्ड, एनसेल, एमएडब्लू बृद्धि मोटर्स, डाबर नेपाल, यूनिलिभर, बोटलर्स नेपाल, कृषि विकास बैंक, चौधरी फाउण्डेसन, वल्र्डलिंक कम्यूनिकेशन, भ्यास मिडिया, इभेन्ट म्याक्स, सोल्टी होटेल, इको एड, इन्क्यूलिसिभ फ्यूचर फाउण्डेसन रहेका छन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.