आईतवार, असार २८,२०८३ 07:53:35
Bizshala
  • आईतवार, असार २८,२०८३ 07:53:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

‘आइसिटी अवार्ड २०२४’ को शीर्ष प्रायोजकमा इन्ड्राइभ

Laxmi Sunrise Bank Limited
‘आइसिटी अवार्ड २०२४’ को शीर्ष प्रायोजकमा इन्ड्राइभ

काठमाण्डौ। लोकप्रिय राइड सेयरिङ प्लेटफर्म इन्ड्राइभ ‘आइसिटी अवार्ड २०२४’ को शीर्ष प्रायोजक बनेको छ । शीर्ष प्रायोजनका लागि आइसिटी अवार्ड र इन्ड्राइभबीच सहकार्य सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।  

यो सँगै अब अवार्डको नाम ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२४’ हुनेछ । इन्ड्राइभ आइसिटी अवार्ड २०२४ को ग्राण्ड फिनाले आउँदो पुस ५ गते ह्यात रिजेन्सी बौद्धमा हुँदैछ ।  

New Office
CG Motors
Garima Development Bank

यस पटक विभिन्न १४ विधामा अवार्डहरू वितरण गरिने छ । प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डले विगत ९ वर्षदेखि सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा काम गर्ने स्टार्टअप, इन्नोभेसन, उद्यमी, प्रोफेसनल, शैक्षिक संस्था, सरकारी निकाय र विभिन्न संघसंस्थाहरूलाई सम्मान तथा प्रोत्साहन गर्दै आएको छ ।  

इन्ड्राइभसहित एनसेल फाउन्डेसन, जेनेस, नेपाल पे, स्मार्टिन, फोर्टिनेट, राष्ट्रिय वाणिज्य बैंक, नेपाल दूरसञ्चार प्राधिकरण, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नास्ट, हाम्रो पात्रो, एमआईटी कलेज लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न संघसंस्थाहरूको सहकार्य रहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

इन्ड्राइभ नेपालको लोकप्रिय राइड हेलिङ सेवा प्रदायक हो । यात्रु र चालकलाई बार्गेनिङको सुविधा प्रदान गर्ने इन्ड्राइभको मुख्य विशेषता रहेको छ ।

४६ देशमा सञ्चालन भइरहेको इन्ड्राइभ विश्वकै सबैभन्दा बढी डाउनलोड हुने दोस्रो राइड हेलिङ एप समेत हो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.