काठमाण्डौ । भारतको हवाई कम्पनी एयर इण्डियाले विद्यार्थीका लागि हवाई भाडामा विशेष छुट दिने घोषणा गरेको छ । एयर इण्डियाले १२ वर्षभन्दा माथि उमेरका विद्याथीहरुलाई आन्तरिक र अन्तराष्ट्रिय उडानमा छुट दिने निर्णय गरेको हो ।
यससँगै विद्यार्थीहरुले हवाई टिकटमा १० प्रतिशत छुट र थप १० केजी ब्यागेज लान पाउने भएका छन् । यस्तै मोबाइल एपबाट बुकिङ गदौ एकपटक उडान मिति परिवर्तन पनि गर्न पाउनेछन् ।
यो छुटको व्यवस्था इकोनोमी,प्रिमियम र बिजनेश क्लासका सिटहरुमा उपलब्ध हुने जनाइएको छ । आन्तरिक यात्राका लागि विद्यार्थीको उमेर कम्तिमा १२ वर्षको हुनुपर्नेछ भने अन्तराष्ट्रिय यात्राका लागि १२ देखि ३० वर्षको हुनु पर्नेछ ।
छुटका लागि विद्यार्थीसँग परिचयपत्र वा स्कुल वा विश्वविद्यालयको अनुमतिपत्र हुनु पर्नेछ ।