शुक्रबार, माघ १६,२०८२ 04:11:07
Bizshala
  • शुक्रबार, माघ १६,२०८२ 04:11:07
Bizshala
Global IME Bank Limited
Bizshala

रविमाथि झण्डै २८ करोड रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप

रविमाथि झण्डै २८ करोड रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप
Shivam Cement

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामेछानेमाथि झण्डै २८ करोड रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप लागेको छ । जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेमाथि २७ करोड ८९ लाख ४४ हजार रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाएको हो ।  

लामिछानेपत्नी निकिता पौडेलसहित ५ जनामाथि सम्पत्ति जफत प्रयोजनका लागि मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले जनाएको छ । स्रोतका अनुसार ५ जनालाई उनीहरुको साथमा रहेको केही सम्पत्ति जफत गर्ने प्रयोजनमा मुद्दा दायर भई प्रतिवादी बनाइएको छ ।

Bizshala
Garima Development Bank
New Office

प्रतिवादी बनाइएकाहरुमा रवि पत्नी निकिता पौडेल, छविलला जोशीकी श्रीमति पद्मा बन्जाडे, छोरा रोचक जोशी, लिला पछाईंको आमा राधा पछाईं र दिदी गीता पछाईं रहेका छन् । उनीहरुको सम्पत्ति जफत गर्नुपर्ने मागदाबी गर्दै प्रतिवादी बनाइएको हो ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

सम्पत्ति शुद्धीकरणमा उक्त ५ जनाको सम्पत्ति जफत गर्न माग गरिएको छ । स्रोतका अनुसार आरोपितहरुको साथमा रहेको सम्पत्ति गैरकानुनी रुपमा आर्जन भएको ठहर भएमा अभियोगबाट मागदाबी भएअनुसारको सम्पत्ति मात्रै जफत हुने र अरु दण्डसजाय भने नहुने व्यवस्था छ ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.