बुधबार, श्रावण २०,२०८३ 12:25:52
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 12:25:52
Bizshala
Global IME Bank Limited

रवि लामिछानेको सांसद पद स्वतः निलम्बन

रवि लामिछानेको सांसद पद स्वतः निलम्बन
New Office

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पुर्वगृहमन्त्री रवि लामिछानेको प्रतिनिधि सभा सांसद पद स्वतः निलम्बनमा परेको छ ।  

लामिछानेविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर भएपछि सांसद पद स्वतः निलम्बनमा पर्ने भएको हो ।  

सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा २७ अनुसार मुद्दा दायरपश्चात् निजको पद स्वतः निलम्बन हुने व्यवस्था छ । दफा २७ मा ‘प्रचलित कानुनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐनबमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः लिम्बन भएको मानिनेछ’ भनि उल्लेख छ ।  

सम्पत्ति शुद्धीकरण ऐनबमोजिम लामिछानेको पद स्वतः निलम्बन हुने जिल्ला अदालत कास्कीले जनाएको छ । लामिछानेसँग सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा गरी कुल ३० करोड ७१ लाखभन्दा बढी बिगो दाबी भएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.